पोखरा/जिल्ला मालपोत कार्यालयले आव २०७२/७३ मा रु एक अर्ब ४० करोड ४८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले यस अवधिमा लक्ष भन्दा तेब्बर बढी राजस्व सङ्कलन गरेको हो । सो अवधिमा रु ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । आव २०७१/७२ मा रु ९३ करोड २८ लाख ६९ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले सो अवधिमा घरजग्गा रजिष्ट्रेसनबाट मात्रै रु एक अर्ब ५९ लाख ६४ हजार राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए। यस्तै पुँजीगत लाभकरबाट रु १६ करोड सातलाख ६३ हजार र अन्य विविधबाट रु ९ करोड ८० लाख ८६ हजार राजस्व सङ्कलन गरेको बताइएको छ ।