पोखरा/नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले पोखरा उपमहानगरपालिकाले हालै लागू गरेको एकीकृत सम्पत्ति करको वृद्धि सम्बन्धमा पुनःविचार गर्न आग्रह गरेको छ । pokhara उपमहानगरले गरेको कर वृद्धि बिना आधार, जनचाहना विपरित भएकाले वृद्धि गर्दा सर्वसाधारण जनता प्रत्यक्ष मारमा परेको भन्दै क्षेत्रीय समितिको बैठकले अव्यवहारिक र अवैज्ञानिक उक्त निर्णय तत्काल सच्याउन माग गरेको हो । क्षेत्रीय समितिका सभापति माधव बाँस्तोलाले जनप्रतिनिधि विहीन अवस्थामा जनतालाई मारपर्ने गरी कर वृद्धि गरिएको भन्दै उक्त निर्णय तत्काल सच्याउन माग गरे ।  क्षेत्रीय समितिका सचिव वर्षाकेशव पराजुलीले बिना आधार गरिएको कर वृद्धिको निर्णय सच्याउनुपर्ने सर्वसाधारणको मागलाई बेवास्ता गरिएमा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले विभिन्न दबाबमूलक कार्यक्रमसमेत गर्ने बताए ।