इनरुवा / मालपोत कार्यलय इनरुवाले सरकारी मुल्याकन भन्दा कम राजश्व लिएर जग्गा पास भएको प्रमाणीत भएको छ । नापी कार्यलय इनरुवाको प्रतिवेदन अनुसार गत असार २८ गते मालपोत कार्यलय सुनसरीमा पदमा कोलनी प्रालिले नाममा पास भएको ५ विगाह १४ कठ्ठा जग्गामा राजश्व हिनामिना भएको प्रमाणीत भएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले नापीलाई मागेको पत्रमा उक्त जग्गा पासमा राजश्व कम देखिएको छ । सरकारी राजश्व भन्दा कम मुल्याकान गरेर जग्गा पास गरेको पाईयो अख्तियारको एक कर्मचारीले भने ।
नापी कार्यलयलाई बाटोको एकिन गर्ने पठाएको पत्रमा पास भएको जग्गा सँग बाटो नमिलेको अनुसन्धानका एक कर्मचारीले भने । प्रतिवेदनमा २४ कठ्ठा भन्दा वढि बाटोले भट्ने जग्गा देखाएको छ तर जग्गा पास गर्दा १४ कठ्ठा मात्र वाटोले छुएको भन्दै कागजात मिलाएर जग्गा पास भएको थियो । जग्गा पासमा आर्थिक चलखेल भएको छ नाम नखुलाउँने सर्तमा उनले भने ।
अख्तियारले अनुसन्धानको क्रममा उक्त जग्गामा राजश्व हिनामिना भएको प्रमाणीत भएको जनाएको छ । ५ विगाह १४ कठ्ठा इटहरी ९ एकम्वामा ९ (ग) को कुन्ता देवि श्रेष्ठको नाममा रहेको कित्तानम्वर ६८,७०,र ४३१ नम्वरको जग्गा पासमा नापी र मालपोतकै मिलोमतो पास भएको हुन सक्ने अख्तियारले जनाएको छ । कर्मचारी स्रोत्रका उनीहरुले आर्थिक रकम लिएर १ सय ५० फिट भन्दा पछाडीको जग्गाको कम मुल्याकन गरेर विक्रि गरेको पाईयो । उनले भने वाटोले २४ कठ्ठा भन्दा वढि छुए पनि थोरै कठ्ठा मात्र देखाएर राजश्व कम लिएको पाईयो । कोलनीको तर्फवाट राजु प्रसाद कडेलले २४ लाख १० हजार राजश्व काट्न दिएको रकममा ११ लाख ५० हजारको मात्र राजश्व काटिदिएका थिए । शिवहरि पोखरेल र ददिराम गुरागाई ,तत्कालीन कार्यलय प्रमुख विनोदकुमार पोखरेलको निर्देशनमा कोईराला लेखापढी ब्यावसायीका नारायाण कोईरालाले २४ लाख १० हजार रुपैया लिएर साडे ११ लाखको मात्र विल भरपाई दिए पछि उक्त कुरा वाहिर आएको थियो । उनीहरु विरुद्ध अख्तियारमा उजुरी परे सँगै लेखन्दास कोईरालाले अख्तियारमा मौखिक स्पष्टीकरणमा २४ लाख रुपैया लिएको स्वीकार गरीसकेको छन । अख्तियार इटहरीका प्रवक्ता रामजी कटुवालले जग्गाको मुल्यकन कम गरेको पाएको वताए । उनले भने पछिल्लो समयमा सरकारको राजश्व मालपोत तथा नापी कार्यलयहरुमा वह्मलुट भईरहेको सुनाए । अहिले कर्मचारीहरुले लाखै रुपैयाँ राजश्व वापत लिएको पैसा आएको देखिन्छ ,कार्यलयमा धेरै वटा उजुरी पनि परेको छ उनले थपे । भूाफिया दलाल र कर्मचारीह्रुको मिलोमतोमा ब्यापक राजश्व हिनामिना भईरहेको उनको भनाई थियो । पूर्वको विभिन्न जिल्लाका मालतोप कार्यलयहरुमा ब्यापक आर्थिक चलखेल भएका्े भन्दै दोसीलाई कानुनी दायरामा ल्याउँने उनको भनाई थियो ।
तत्कालीन कार्यलय प्रमुख विनोद कुमार पोखरेललाई सरुवा गरे पनि आर्थिक चलखेलकै कारण दुई कर्मचारी र लेखन्दासलाई कार्वार्ही गर्ने ढिलाई गरेको कर्मचारी स्रोत्रले वताएको छ । ददिराम र शिवहरि र लेखन्दास जोगाउन सक्रिउ भएको पाईन्छ । त्यस्तै समाचार नलेख्न विभिन्न ब्यक्ति प्रयोग गरेर सम्वाददातालाई समेत आर्थिक आवश्वसनका साथै दवाव दिने गरेका छन । ददिराम र शिवहरि वारम्वार राजश्व हिनामिनामा संलग्न रहदै आए पनि उनीहरु पैसाकै आडमा कार्वार्हीमा नपर्ने गरेको कर्मचारी स्रोत्र वताउँछ