विराटचौक / विकास निर्माणको कामलार्य चुस्त र प्रभावकारी बनाउने कोशीहरैचा नगरपालिकाले प्रतिवद्धता गरेको छ ।

स्थानीय निकायबाट सञ्चालित विकास कार्यक्रमका विषयमा शुक्रबार भएको सार्वजनिक सुनुवाईमा नगरपालिकाले जनताको पहुँच पु¥याउनको लागि विकास निर्माणलाई तिब्रता दिने बताएको हो । नगरपालिकाले विकास निर्माणलाई अघि बढाउनको लागि राजनीतिक दलहरुकोसमेत सक्रिय सहभागितामा महत्वपूर्ण योजनाहरुलाई अघि बढाउने बताएको छ । नगरपालिकामा आउने बजेटहरुमा नगरपालिकाले के के कामहरु गर्न सक्छन् भन्ने विषयमासमेत छलफल गरिएको थियो ।
स्थानीय जनताले विकास निर्माणको विषयमा बढी भन्दा बढी जिज्ञासाहरु राखेका थिए । स्थानीय सञ्चारमाध्यम रेडियो सुशेलीको सकजिकरणमा भएको सार्वजनिक सुनुवाईमा नपाका कार्यकारी अधिकृतले योजनाहरुको छनौट र नपाबाट दिने सेवाहरु चुस्त बनाउने बताए । उनले नगरलाई अघि बढाउनको लागि सबै क्षेत्रहरुबाट सहयोग आवश्यक रहेको उनले बताए । त्यसका लागि नपाले पनि सहयोग गर्ने बताए । कार्यक्रममा स्थानीय जनता, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसमेत सहभागी बनेका थिए ।