धरान/विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र पार्किङ गर्ने ट्याक्सी र एम्वुलेन्सहरुलाई हटाउन प्रतिष्ठानले प्रहरीसँग सहयोग मागेको छ । ईलाका प्रहरी कार्यालय धरानलाई पत्राचार गरी प्रतिष्ठानले त्यस्तो आग्रह गरेको हो । आवात जावत र ट्राफिक व्यवस्थापनमा असर परेको भन्दै प्रतिष्ठानले प्रहरीको सहयोग मागेको भएपनि निजि सवारी साधन र एम्वुलेन्स संचालकले भने हटाउन अस्विकार गर्दै आएका छन् ।

bp hosp एम्वुलेन्स संचालक र ट्याक्सी व्यवसायी विच विरामी ओसापपसारमा हानाथाप हुने गरेको पाएपछि प्रतिष्ठानले सो कुरा नखुलाई पार्कीङ असुविधा र ट्राफिक व्यवस्थापनलाई कारण देखाउँदै प्रहरी गुहारेको प्रतिष्ठान श्रोतले जनाएको छ । एम्वुलेन्स संचालक र ट्याक्सी संचालकको हानाथापले प्रतिष्ठानवाट वाहिरिने विरामी र आफन्त पिडीत वन्दै आएका छन् । इलाका प्रहरी कार्याल धरानका डिएसपी ढकेन्द्र खतिवडाले पनि प्रतिष्ठानले सहयोग मागेको स्विकार गरेका छन् ।

उनले केही दिन अघि उदयपुर जाने विरामीका आफन्तले एम्वुलेन्स प्रयोग गर्न खोज्दा विवाद भएको जानकारी दिए । खतिवडाले प्रतिष्ठानको पत्र पछि आफुले ट्याक्सी र एम्वुलेन्स संचालकलाई वोलाएर छलफल गरेको वताएका छन् । उता घोपा ट्याक्सी व्यवसायी संघका अध्यक्ष यम गुरुङले भने कहिले काहि सामान्य समस्या आएपनि यात्रुमाथि जवरजस्ती नगरीएको वताए । उनले कुन सवारी साधनमा जाने भन्ने कुरामा यात्रु स्वतन्त्र रहेको र त्यसमा आफुहरुले अवरोध नगरेको जिकिर गरे । उनले सिन्डिकेट नचलाएको दावी गरे तर उनलाई व्लाष्टले सोधेको ’ के कुनै मान्छेले नयाँ सवारी साधन लिएर प्रतिष्ठान हाता भित्रवाट यात्रु वोक्न सक्छ या सक्दैन ’ भन्ने प्रश्नमा भने उनले संघको सदस्यता नलिएकाले वोक्न नपाउने जिकीर गरे । के यो सिष्डिकेट होईन र भन्ने प्रश्नमा उनले केही पनि वताउन चाहेनन् भने ’ अन्यत्र पनि वुझ्नुस यस्तै छ ।’

उता एम्वुलेन्स व्यवस्थापन समितिका मोहन तिगेलाले भने प्रतिष्ठानसँग एकचोटी अनुरोध गरीने तर पनि प्रतिष्ठानले अस्विकार गरे आफुहरु प्रतिष्ठान हाता भित्र नवस्ने वताएका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार तुल वहादुर श्रेष्ठले अस्पताल भित्र उपचाररत विरामी र उनिहरुका आफन्तसम्म पुगेर ट्याक्सी र एम्वुलेन्स चालकहरुले विरामीलाई अन्य निजि अस्पताल सम्म पुर्याउने गरेको गुनासो आउन थालेपछि यस्तो निर्णय गरीएको वताएका छन् । निजि अस्पतालवाट कमिसन लिएर त्यस्तो काम गर्ने गरेको र यात्रुमाथि प्रतिष्ठानवाट वाहिर जाने क्रममा जवरजस्ती गर्ने गरेको समेत गुनासो वढेपछि प्रहरीसँग हटाउनका लागि सहयोग मागिएको उनले वताए । प्रतिष्ठान एम्वुलेन्स र ट्याक्सीलाई हटाउने निर्णयवाट पछि नहट्ने जनाउँदै भने’, प्रहरीलाई नै सोध्नुस किन हटाईएन , हामीले हटाईदिन भनेर पत्र काटी सकेका छौ’