Trending Tags

समाज

    Showing १२१-१३० of ११,७३१ items.
  • आर्या न्यूरोमा बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

    विराटनगर । विराटनगर – ३ कंञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । संखुवासभाको सावापोखरी गाउँपालिका १ लेबराङ घर भएकी सपना जोगीको ब्रेन ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया भएको हो । अस्पतालका कन्सल्ट्यान्ट वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकज राज नेपालको टीमले बालिकाको मष्तिकमा रहेको  ६ सेन्टिमिटर  ट्युमरको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । हिडडुल र राम्रोसँग बोल्न नसकेर सपना ओछ्यानमा थला परेकी थिइन् । साउनको अन्तिम तिर संखुवासभाबाट आमा जानुका जोगीले छोरी सपनालाई लिएर विराटनगरको हस्पिटल आए

    • प्रकाशित मितिः आश्विन २, २०७९
    • ५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापा ४ः कांग्रेस र एमाले बीच चर्काे प्रतिष्पर्धा

    बिर्तामोड । भुगोलका हिसाबले झण्डै आधाजस्तो जिल्लाको क्षेत्रफल ओगटेको झापा क्षेत्र नम्बर ४ मा यस पटकको निर्वाचनमा कस्तो परिणाम आउँछ भन्ने अनुमान गर्न कठिन छ । यस क्षेत्रमा मुख्यतया नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेद्वारबीच चर्काे प्रतिष्पर्धा हुने आकलन गरिएको छ । मंसिर–४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति समेत रहेका देउकुमार थेवेको एकल नाम सिफारिस भएको छ । नेकपा एमालेले बर्तमान सांसद लालप्रसाद साँवासहित प्रदेश न १ का सांसद हिरा थापा, होम गौतम, चन्द्र शेर्मा र भोजकुमारी नेपालको नाम सिफारिस गरेको छ । एमालेले ५ जनाको नाम सिफारिस गरेको भएपनि साँ

    • प्रकाशित मितिः आश्विन २, २०७९
    • ९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सामुदायिक कुकुर बन्ध्याकरण शिविर शुरु

    बिर्तामोड । बिर्तामोड नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु गरेको छ । पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा शनिबार देखि शिविर सुरु गरिएको हो ।हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) पोखराको प्राविधिक सहयोगमा सुरु गरिएको यो शिबिर असोज ६ गतेसम्म सञ्चालन हुने छ । नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । यस पटक दुइ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले सामुदायिक कुकुरमा लागेको रेबिज रोगका कारण केहि समय अघ

    • प्रकाशित मितिः आश्विन २, २०७९
    • १२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राष्ट्रपतिबाट जितिया पर्वको शुभकामना

    राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा  सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिको कार्यालयबाट जारी सन्देशमा जनाइएको छ । उनले भनेकि छन्, “एकातिर हामीले हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्नु आवश्यक छ भने अर्कोतिर प्रथा र परम्पराको

    • प्रकाशित मितिः आश्विन २, २०७९
    • ८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • करेन्ट लागेर एक जनाको मृत्यु

    मोरङ । मोरङ बुढिगंगा गाउँपालिका १ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रिमा एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम छथर शुक्रबारे ५ घर भएका २५ बर्षीय आकाश लिम्बु रहेका छन् । हिजो बेलुका सँवा ४ बजे फ्याक्ट्रि नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भिर घाईते भएका लिम्बुको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा बेलुकै साढे ४ बजे मृत्यु भएको हो ।घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः आश्विन २, २०७९
    • १०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानको फुटपाथ व्यवस्थापन सुरु

    विजयपुर ।  धरान उपमहानगरले फुटपाथका पसलहरू हटाउन सुरु गरेको छ ।शनिबार नगरले धरान–२ को नरेन्द्रपथमा रहेको फुटपाथ पसल हटाएको हो । धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले धेरै गुनासो आएकाले हटाएको बताए । उनल ड्रेनमाथि राखेका, झुण्ड्यााएका सामानहरू बरामद गरेको बताए । सामान सभागृहमा राखिएको छ । उनले पहिले नै सूचना गरेकाले सामान्य जरिबाना गरेर समान फिर्ता गर्ने बताए । नगरले भानुचौकदेखि पश्चिम नरेन्द्रपथ, सब्जीमण्डीलगायतका स्थानमा सडक नै ढाकेर खाट राखेर, प्लास्टिक टाँग्नेलगायतको फुटपाथ व्यवस्थापन गर्ने निर्णयअनुसार सूचना जारी गरिरहेको छ । सूचना जारी गरेपछि पनि अटेर गरेकाले सामान ब

    • प्रकाशित मितिः आश्विन २, २०७९
    • १०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानका सामुदायिक विद्यालयको नतिजाः साख जोगाउन गलत तथ्याङ्कको सहारा

    विजयपुर । धरान उपमहानगरपालिकाका दुई सामुदायिक विद्यालयले साख जोगाउन कक्षा १२ को नतिजाको गलत तथ्याङ्क सार्वजनिक गरेको पाइएको छ ।धरानका कक्षा १२ को परीक्षामा सहभागी १२ विद्यालयको विश्लेषणात्मक समाचार ब्लाष्टमा प्रकाशित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १८ गते सार्वजनिक गरेको थियो । सो विषयमा ब्लाष्टले १२ वटै विद्यालयका प्रधानाध्यापकसँग तथ्याङ्क सङ्कलन गरेर समाचार प्रकाशित गरेको थियो । प्रधानाध्यापकहरूले दिएको तथ्याङ्कका आधारमा ‘सामुदायिक विद्यालयमा कक्षा १२ को नतिजाः ‘नमुना विद्यालय’ पब्लिकलाई २ विद्यालयले उछिने’ शीर्षकको समाचार प्रकाशित गरिएको थियो । तर, पब्लिकलाई उछिन

    • प्रकाशित मितिः आश्विन २, २०७९
    • ३२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • किनमेल गर्नेको लर्को भारततिर, नेपाली बजार भने सुनसान

    सुनसरी । किनमेल गर्न सीमावर्ती भारतीय बजार जाने नेपाली ग्राहकको भीड बढेको छ । दशंै नजिकिँदै गएसँगै सीमापारिका भीमनगर, वीरपुर, बसमतिया, फुलकहासहितका भारतीय बजार नेपाली ग्राहकले भरिभराउ हुने गरेको पाइन्छ । हरेक वर्षजस्तै सस्तोमा सामान पाइने लोभमा यसपटक पनि भारतीय बजारमा किनमेल गर्ने नेपाली ग्राहकको भीड बढेको हो । सुनसरीसँग सीमा जोडिएका भारतीय बजारहरूमा विभिन्न जिल्लाबाट उपभोक्ता किनमेल गर्न आउने हुँदा चहल–पहल बढेको छ । सामान्यतया बाह्रै महिना नेपाली ग्राहकले भरिभराउ हुने भारतीय बजारमा ठूला चाडपर्वमा पाइला राख्ने ठाउँसम्म पाउन मुस्किल हुन्छ । नेपालीहरू चाडपर्वको लागि भन्दै विभिन्न जिल्लाबाट किनमे

    • प्रकाशित मितिः आश्विन २, २०७९
    • १८६ पटक पढिएको
    • मिकाइल आलम
  • झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक

    झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो । बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईँका अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, बिर्तामोड, कनकाई, अर्जुनधारा, कचनकवल, झापा गाउँपालिका) का पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले भारतबाट आयात गरिने मरेका माछा बिक्री–वितरणमा रोक लगाउने निर्ण

    • प्रकाशित मितिः आश्विन २, २०७९
    • ९७ पटक पढिएको
    • रासस
  • ‘बलात्कार’लाई फेसन बनाउने कि रोकथाम गर्ने ?

    मानव जाति सम्पूर्ण प्राणीमध्येको सबैभन्दा चेतनशील र बुद्धिमान प्राणी हो । यसले विवेक प्रयोग गर्छ र सबैको हितको लागि काम गर्छ भत्रे संसारको मान्यता रहेको छ । त्यसैले जबर्जस्ती करणी कुनै पनि मानव समाजमा कल्पनाभन्दा बाहिरको कार्य हो । अपसोच र अपवादको रूपमा त्यही मानवले चाहे त्यो महिला हुन् वा पुरुष, धनी देशको हुन् वा गरिब देशका, अनि शिक्षित हुन् वा अशिक्षितले संसारमा नै चोरी, चकारी, हत्या, हिंसा, जबर्जस्ती करणीलगायतका काम गर्दै आएका नजिर प्रशस्तै छन् । त्यसमा पनि विद्युतीय उपकरणहरूको आविष्कारसँगै सामाजिक सञ्जालको अत्यधिक प्रयोगले गर्दा र तिनका सही ठाउँमा प्रयोग नहुँदाको अवस्थाले समेत समाजमा अपराध

    • प्रकाशित मितिः आश्विन २, २०७९
    • १६८ पटक पढिएको
    • मौसम राई

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved