अपराध

    Showing ८१-९० of २,६५७ items.
  • असोज महिनामा मात्रै भन्सार छली गरिएका १ लाखका सामग्री बरामद

    धरान । सुनसरी प्रहरीले असोज महिनाभित्र मात्रै एक लाख रुपैयाँभन्दा बढीको भन्सार छली गरेर नेपाल भित्र्याएको खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाका विभिन्न नाकाबाट भित्र्याइएको एक लाख ६ हजार २५५ रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा सूर्तीजन्य पदार्थ बरामद गरेको हो । भन्सार छली गरी सुनसरीका विभिन्न नाकाबाट अवैध रूपमा भित्र्याइएको अवस्थामा बरामद गरिएको जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरू शुक्रबार आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • १०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सामूहिक बलात्कारमा फरार नाबालक एक वर्षपछि पक्राउ

    धरान । करिब एक वर्षअघि सामूहिक बलात्कारको आरोपमा फरार एक युवालाई प्रहरीले रूपन्देही जिल्लाको तिलोतमा नगरपालिकाबाट पक्राउ गरेको छ । मोरङ बूढीगंगा गाउँपालिका–७ महदाखोला नजिकै ५ जना युवाहरूले सामूहिक करणी गरेको आरोपमा फरार १६ वर्षीय (हाल १८ वर्ष लागेका) युवालाई तिलोतमा नगरपालिका–१५ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कारबाही अगाडि बढाइएको छ । ती युवा १८ वर्षमा लागेकाले उनको नाम, ठेगाना खुलाइएको छैन । २०७६ साल माघ १५ गते रातको करिब ९ बजेतिर युवाहरूले करणी गरेका थिए । उक्त घटना करिब तीन महिनापछि मात्रै खुलेको थियो । २०७७ वैसाख १० गते घटना खुलेपछि पीडितका आफन्तले प्रहरीमा जाहेरी द

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • १०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गृहमन्त्रीका सुरक्षा सल्लाकारको गाउँमा प्रहरी चौकी स्थापना

    भोजपुर । गृहमन्त्री राम बहादुर थापा बादलका सुरक्षा सल्लाहाकार तथा शैन्यबिद डा ईन्द्रजीत राईले गाउँमा प्रहरी चौकी स्थापना गरिएको छ । शैन्यबिद राईको गाउँ भोजपुरको आम्चोक गाउँपालिका वडा नम्बर १ वासिङथर्पुमा प्रहरी चौकी स्थापना गरिएको हो । जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । प्रहरी चौकीको उदघाटन शैन्यबिद राईले नै गरेका हुन । खोटाङसग सिमा जोडिएको वासिङथर्पुमा प्रहरी चौकी स्थापना भएसंगै अपराधिक घटना कम हुने आम्चोक गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए । प्रहरी चौकीमा असईको नेतृत्वमा ७ जना प्रहरी परिचालन गर

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • ३९९ पटक पढिएको
    • सन्देश किराती
  • रतुवामाई ३ का वडासदस्य बलात्कारकाे आरोपमा पक्राउ, स्थानीयले देखेपछि कपडा छाडेर भागे

     ब्लाष्टखबर । रतुवामाई नगरपालिका वाड नम्बर ३ का वडासदस्यलाई जवरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ ।  कार्तिक ९ गते साेहि वडाकी ३० वर्षीय महिलालाई खेतमा काम गर्न बोलाएर करणी गरेको भन्दै पिडितको उजुरीपछि ३५ वर्षिय विनोद कुमार सिंहलाई वरजस्ती करणीको आरोपमा पक्राउ गरि नियन्त्रणमा लिएको छ । जवरजस्ती करणी गरेको अवस्थामा स्थानीयले देखेपछि सिंहले आफ्नो कपडा समेत छाडेर भागेका थिए । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएकाे प्रहरी टाेलिले सिंहलाई चौकीघाटबाट नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएकाे छ । साझ ६:३० मा भएकाे उक्त घटनाकाे घटना स्थमा पुगेकाे प्रहरी टाेलीले सिंहले

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • २५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लागूऔषधसहित भारतीय नागरिक पक्राउ

    विराटनगर/ अवैध लागूऔषधसहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्ध लगाएको अवैध लागूऔषध भारतदेखि ल्याउने भारतीय नागरिक ३६ वर्षिय दयावाल तिवारीलाई सशस्त्र प्रहरी बोडर आउट पोस्ट (बिओपी) जहदा भुटहाले पक्राउ गरेको हो । पक्राउ परेका भारतीय नागरिकको साथबाट सशस्त्र प्रहरीले कोडिन सिरफ नामक लागूऔषध ३८ बोतल, नाइट्रोजोफाम टयाब्लेट २८३ पिस, स्पामोप्रोप्लस १४१ पिस लगायतको विभिन्न नाम गरेको लागूऔषध बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका इनिस्पेक्टर जंग बहादुर सिंहको टोलीले विराटनगर १८ बाट बुधबार पक्राउ गरेको हो । बरामद भएको लागूऔषध र भारतीय नागरिकलाई आवश्यक क

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • ३६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • र्यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधानले साइबर ब्यूरोलाई लेख्यो चिठ्ठी

    धरान । हालै सार्वजनिक भएको र्याप भिडियोमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै र्यापर भिटेन उर्फ समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई चिठ्ठी पठाएको छ । उनले एक साताअघि युट्युबमा भिडियो रिलिज गरेका थिए । उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले बिहीबार साइबर ब्यूरो भोटाहिटीलाई चिठ्ठी पठाएको हो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार सार्वजनिक भिडियोमा आपत्तिजनक शब्दको प्रयोग गरिएकाले कारबाही गर्नका लागि पत्राचार गरिएको हो । भिटेनले हालै पारा शीर्षकको नयाँ भिडियो स्रोतामाझ ल्याएका थिए । यसअघि पनि उनलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको थि

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • १५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विप्लव समूहका पूर्वी कमाण्ड हतियारसहित पक्राउ

    विराटनगर/ नेत्रविक्रम चन्द (विप्लव) नकेपाका पूर्वी कमाण्डर (चौथो कम्पनी कमिसार) हातहतियरसहित दुई जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) लाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको मोरङ प्रहरीका डिएसपी मानबहादुर र

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • ४३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानबाट लागूऔषध खरिद र सञ्चय गर्ने एक पक्राउ

    धरान । लागूऔषध खरिद र संचय गरेको आरोपमा धरान–१७ बाट एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले जाँच गर्ने क्रममा लु ६० प २३४२ नम्बरको मोटरसाइकलमा सवार कोशी गाउँपालिका–६ श्रीपुर जब्दीका १९ वर्षीय देवरामकुमार यादवलाई नियन्त्रणमा लिइएको छ । कात्तिक ६ गते साँझ ७ बजेर ४० मिनेटमा धरान चतरा सडकखण्ड अन्तर्गत सर्दु पुलबाट जाँचका क्रममा भाग्न खोज्दा लडेपछि पक्राउ गरी जाँच गर्दा लेगार्डमा झुण्डाएको अवस्थामा डाइलेक्स डिसी १९ बोतल, स्पास्मोप्रोक्सिभन प्लस १४४० क्याप्सुल र नगद १ हजार ३ सय रुपैयाँ बरामद गरिएको छ । उनको साथबाट रियलमी कम्पनीको एक थान मोबाइलसमेत बरामद

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • १८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • लागूऔषध सेटिङ गरेकाे आराेपमा सुनसरी एसपीविरुद्ध छानबिन समिति

    सुनसरी । सुनसरीको एसपी कमल थापाले आर्थिक लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।अख्तियारमा उजुरी परेसँगै अख्तियारले प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पत्र काटेको छ ।  लागूऔषध तथा सुर्तीजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परेपछि छानबिन समिति गठन भएको छ । एसपी थापाले बोर्डर क्षेत्रमा सेटिङका लागि प्रहरी राखेर तस्करीसमेत गर्दै आएको स्रोत बताउँछ । लागूऔषधमा पैसा माग्ने मिल्यो भने छाड्ने पैसा नदिए मुद्दा चलाउने गरेको गुनासोसहित उजुरी परेपछि छानबिन थालिएको हो । पछिल्लो समय सुनसरीको सीमावर्ती क्षेत्रबाट हरियो मटर पनि तस्करी हुने गरेको छ । प्रहरीकै संलग्नतामा हरियो मटर तस्कर भइरह

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • ६०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठाबाट माेटरसाइक चाेरी गरी लादै गर्दा एक जना पक्राउ

    ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हाताबाट माेटरसाइकल चाेरी गरेर लादै गर्दा माेटरसाइकल सहित १ जना पक्राउ परेका छन् भने अर्का १ जना फरार भएका छन् ।   काे २५ प ३५५६ नम्बरकाे माेटर साइकल चाेरी गरेर लादै गर्दा प्रतिष्ठानकाे सुरक्षाकाे खटिएका भिआइपी सेक्युरेटीका सेक्युरेटी सुपरभाइजर बसन्त राईकाे नेतृत्वकाे टाेलीले माेटरसाइकलसहित चतरा घर बताउने वर्ष २५ का हरि प्रसाद निरौलालाई  नियन्त्रणमा लिएकाे छ ।   धरान १७ का २३ वर्षीय लक्ष्मण खनाकाे १५० सीसीकाे कालाे रङ्गकाे पल्सर प्रतिष्ठानकाे गाइनाे पाेइङ्ग अगाडी पार्क गरी राखेकाे अवस्थामा चाेरी

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • ६६० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved