श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन ११ गते सोमबार, २७ जुलाई २०२६, रौद्रनाम संवत्सर। आषाढ शुक्लपक्षको त्रयोदशी तिथि ०४ः३२ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र मूल १०ः४३ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः२४ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विभिन्न अवसर आउनेछन्। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। कामकाजबाट फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। समस्याले दौडधुप गराउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उचित समयमा सहयोगी जुट्नेछन् र नियमित काम सम्पादन हुनेछ।प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम र मित्रताको बन्धन कसिनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढाउने काम सुरु हुनेछ। व्यापार बढ्नेछ। रमाइलो यात्राको अवसर जुट्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। साथीभाइबाट उत्साह प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ। ईष्र्या गर्नेहरू स्वयम् पछि पर्नेछन् । कर्मयोगले भविष्यको बाटो समाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। काममा जग बसाउने मौका छ।