श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन ६ गते बुधबार, २२ जुलाई २०२६, रौद्रनाम संवत्सर। आषाढ  शुक्लपक्षको अष्टमी तिथि ०५ः३५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र स्वाती  ११ः१९ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः२१ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मिहिनेतको राम्रो फल प्राप्त हुनेछ। आयस्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। काम बन्नाले जिम्मेवारीसमेत बढ्न सक्छ। नयाँ काम प्रारम्भ हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

केही रकम सञ्चय गर्न पनि सकिनेछ।बिहानको काम सन्तोषजनक नभए पनि विस्तारै मनको डर हराउनेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।उपलब्धि हात पर्नेछ। 

 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विभिन्न भौतिक साधन सङ्ग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पूरा हुनसक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जानेछ। फाइदा कम देखिए पनि प्रयास दोहो¥याउनु होला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।