झापा/दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पु¥याउने उद्देश्यले  एक लाख ५० हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरिएको छ। 

क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष रीता बस्नेत श्रेष्ठले स्वर्गीय ससुराबुवा इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा एक लाख ५० हजार पाँच सय ५५ को कोष स्थापना गरेका छन्। 

क्याम्पसका पूर्वकर्मचारी हरिकृष्ण तिम्सिनाले आफ्ना मातापिताको सम्झनामा ५१ हजार राशिको स्वर्गीय नरपति–विष्णुमाया तिम्सिना स्मृति अक्षय छात्रवृत्ति कोष स्थापना गर्नुभएको क्याम्पसका प्रशासन प्रमुख पदम घिमिरेले जानकारी दिएका छन्।  क्याम्पसमा विभिन्न दाताहरुबाट हालसम्म एक दर्जनबढी अक्षय कोष स्थापना गरिएका छन्।

क्याम्पसको वातावरण सेलले आइतबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, वातावरण सेलका संयोजक वासुदेव काफ्ले, स्ववियु सचिव दीपक लिम्बू, स्ववियु सदस्य सञ्जय राई, क्याम्पसका प्राध्यापक, विद्यार्थीलगायतको उपस्थिति थियो। वृक्षरोपण कार्यक्रममा क्याम्पस परिसरमा विभिन्न प्रजातीका बिरुवा रोपिएका छन्।