धरान/सञ्चारिका समूह कोशी प्रदेश समितिको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा दुई दिने महिला पत्रकार क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ।

विराटनगर स्थिति रुविज होटलको सभाहलमा भएको उक्त  कार्यक्रममा महिलाहरु किन सञ्चारक्षेत्रमा टिक्न सक्दैनन् ? कस्तो किसिमको समस्या हुन्छ ? महिला मैत्री मिडियाहरु किन बन्न सकेनन् ? कसरी महिलाहरू अगाडि बढ्न सकिन्छ भने बिषयमा प्रशिक्षण दिएको थियो ।

प्रशिक्षक शोभा बजगाई र सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले प्रशिक्षण दिएका थिए। कार्यक्रमका प्रमुख अतिथी आन्तरिक मामिला तथा कानुनमन्त्री  लीला बल्लभ अधिकारीले पत्रकारलाई महिला र पुरुष भनेर छुटाएर ब्यवहार गर्नु उचित नभएको बताए उनले आफ्नो कार्यकाल भरि पत्रकारहरुका लागि बनेका कानुन ब्यवहारिक रुपमा लागू गर्ने नीति बनाएर अन्य कार्यमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए।

IMG20240622133850

नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष हिमा चेम्जोङले महिलाहरु सञ्चारक्षेत्रमा काम गर्न पुरुष सरह सहज नभएको हुँदा महिलाहरु पछि पर्दै गएको बताईन्। उनिहरुलाई कसरी यो क्षेत्रमा अगाडि बढाउन सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको उनले बताईन।

सञ्चारिका समूह नेपालकी अध्यक्ष बिमला तुम्खेवाले अब महिलाहरुले पुरुषसंग प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान भएर अघि बढ्न महिला पत्रकारहरुलाई सल्लाह दिएकी छन्।

काम गर्ने क्रममा महिला माथि हुने दुव्र्यवहार र लैङगिक भेदभावको अन्त्य गर्न सदैव सञ्चारिका समुहले सरकारलाई खबरदारी गर्ने बताईन । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता बराइलीले महिलाहरुलाई ३३ प्रतिशत प्रतिनिधित्वको विषय बोलिमा मात्र सिमित भएको तर व्यवहारमा लागु हुन नसकेको बताईन्। कार्यक्रममा कोशी प्रदेशभरिका २७ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो।