भद्रपुर । बैङ्किङ कसूरमा फरार रहेका एक जनालाई कारागार चलान गरिएको छ ।

बैङ्किङ कसूरमा फरार रहेका झापा कनकाई नगरपालिका–५ का ४० वर्षीय विष्णुकुमार (पाँचकोटी) दर्जीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले दिएको विवरणअनुसार झापा जिल्ला अदालतले २०८० चैत १४ गते १ महिना कैदसहित १६ लाख रुपैयाँ जरिबाना तथा पीडित राहत कोषमा ६४ हजार रुपैयाँ क्षतिपूर्ति हुने गरी फैसला गरेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

अदालतको फैसलापछि प्रहरी कार्यालयबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरी अदालत बुझाएको उनले जनाए । अदालतले गरेको फैसलाअनुसार कैद भुक्तानका लागि झापा कारागार पठाइएको उनले जानकारी दिए ।