श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं.२०८१ साल जेठ  १ गते मङ्गलबार, १४ मे २०२४, कालयुक्त संवत्सर। वैशाख शुक्ल  पक्षको सप्तमी  तिथि भोलि ०४ः३६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पुष्य १३ः२० बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः१५ बजे र सूर्यास्त ०६ः४५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ। आफ्ने वचनले समस्या निम्त्याउला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । काममा अवरोध पुग्नेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । काममा मिहिनेतको फल प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । महत्वाकाङ्क्षी काम प्रारम्भ होला । आफन्तको सहयोग प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन्दर पहिरन र लगनशीलताले व्यक्तित्वमा निखार आउनेछ। काम पूरा हुनाले समय फुर्सदिलो रहनेछ।