श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १२ गते बुधबार, २४ अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्लपक्षको पूर्णिमा  तिथि ०५ः३७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र स्वाती भोलि ००ः५६ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः३० बजे र सूर्यास्त ०६ः३३ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। महत्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजना ल्याउन सकिनेछ। ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले प्रतिद्वन्द्वी परास्त हुनेछन्।    
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनग्य धनलाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन् । सन्तानको साथले पनि हिम्मत जगाउनेछ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन् । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुङ्गिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ।     
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायमा मनग्य धनलाभ हुनेछ।    
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोचेजस्तै सफलता मिल्नेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ ।