श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत १४ गते बुधबार, २७ मार्च २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्ण पक्षको द्वितीया तिथि १७:२२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र चित्रा १६:२८ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, स्योंदय ०५:५५ बजे र सूर्यास्त ०६:१८ बजे हुनछ ।

मेष (चु, चे, चो, ला, लि. लुि, द. ले. लो. अ)
अवसरले पछ्‌याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नु पर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्।

वृष (इ. उ. ए. ओ. बा. बि. बु, बे, बो)

मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ । लाभ हुने काममा जुट्ने समय छ । कामले समाजमा स्थापित गराउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बलभन्दा बुद्धिको उपयोगले सफल बनाउन सक्नेछ। गुमेको अधिकार पुनर्स्थापित गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा. डि. डु, डे, डो)
बौद्धिक उपलब्धि हासिल गर्न सकिनेछ । प्रयत्न गरे लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काम थाल्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही सङ्घर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामबाट लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, घ. फा, ढ, भे)
उद्योग र व्यापारबाट फाइदा हुनेछ । साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । काम दोहोऱ्याउनु पर्ने हुनसक्छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से. सो, द)
प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ ।
सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातपार्न सफल भइनेछ ।

ज्यो.पंः मोहन घिमिरे मो.नंः ५८१०४२५२५१