श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल माघ ८ गते साेमबार, २२ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष शुक्लपक्षको द्वादशी तिथि २०ः१३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मृगशिरा भोलि ०५ः१६ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।परिस्थितिवश चिताएको काममा केही बाधा पुग्नेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आंशिक फाइदा भए काममा अनुमानभन्दा बढी समय लाग्नेछ। सरसापटमा रकम बाहिरिन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उधारो व्यापारले फाइदाको रकम रोकिन सक्छ । किनमेलमा पनि अधिक खर्च हुने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको लाभांश सञ्चय नहुन सक्छ । केही फाइदा लिन अर्को वस्तु त्याग्नु पर्ला । लगानी बढाउनुपर्ने समय छ।