धरान । परिवर्तनका लागि सामाजिक अभियानको ४९ औँ संस्करणको ‘सामाजिक स्वास्थ्य क्लिनिक’ धरानमा सम्पन्न भएको छ ।

क्लिनिकमा ३० भन्दा बढी ज्येष्ठ नागरिकहरूले सेवा लिए । मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहको सहकार्यमा हुँदै आएको क्लिनिकमा मुटुरोगसँगै मधुमेह, उच्चरक्तचापलगायत रोगको उपचार गरिँदै आएको छ । पाक्षिक रूपमा गरिँदै आएको क्लिनिकमा विशेषगरी ७० वर्षभन्दा माथिका नागरिकहरूलाई सेवा दिँदै आएको अध्यक्ष विष्णु बरालले जानकारी दिए ।

क्लिनिकमा औषधि, उच्च रक्तचाप तथा मधुमेहको पनि जाँच गर्ने व्यवस्था गरिँदै आएको छ । ज्येष्ठ नागरिकहरू उपचारका लागि अस्पताल जान नसक्ने भएकाले पनि धरान–१ स्थित मोडल कलेज परिसरमा सेवा दिँदै आएको अध्यक्ष बरालले जानकारी दिए । अभियानले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।