धरानस्थित सियोन स्कुलले ‘सियोन्स फुड फेस्टिवल’ आयोजना गरेको छ । धरान १६ स्थित विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापअन्तर्गत व्यवहारिक सीप अभिवृद्धिका लागि ‘फुड फेस्टिवल’ आयोजना गरेको हो । 

फेस्टिवलमा मौलिक नेपाली खानाका परिकारदेखि चाइनिज, इन्डियन र कन्टिनेन्टल परिकार विद्यार्थीहरुले प्रदर्शनीसँगै बिक्रीका लागि राखेका छन् । विद्यालयको आन्तरिक परिषरमा व्यवस्थापन गरिएको फुड फेस्टिवलमा दर्जन बढी खानाका परिकारसँगै मिठाइ, कफी र पेस्ट्रीसमेत उपलब्ध रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ । 

विद्यार्थीसँगै ‘खाना उत्सव’ मा अभिभावकसमेतलाई निमन्त्रणा गरिएको विद्यालयका प्राचार्य तथा निर्देशक खड्गबहादुर थापा मगरले जानकारी दिए । उत्सवकै अवसरमा ‘सियोन्स ट्यालेन्ट हन्ट’ को ‘ग्राण्ड फिनाले’ समेत रहेको छ । 

तस्बिरहरु हेर्नुहोस्ः 

Sion School's Food Festival ©blastkhabar (6)

Sion School's Food Festival ©blastkhabar (4)

Sion School's Food Festival ©blastkhabar (5)

Sion School's Food Festival ©blastkhabar (7)

Sion School's Food Festival ©blastkhabar (3)

Sion School's Food Festival ©blastkhabar (2)