धरान–१६ जोरसखुवामा २०६२ सालमा स्थापना भएको सियोन स्कुलले छोटो समयमा अत्यन्तै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । 

यो नतिजा अध्ययन अध्यापनमा मात्र होइन, सिर्जनात्मक र अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट छ । 

कोरोना संक्रमणको विषम परिस्थितिमा मुलुक लकडाउनको अवस्थामा गयो । सबै विद्यालयले वैकल्पिक शिक्षाअन्तर्गत अनलाइन कक्षा सञ्चालन गरे । सियोन स्कुलले पनि ७० प्रतिशतसम्मको अनलाइन उपस्थितिमा अध्ययन अध्यापन जारी नै राख्यो । 

यो अवधिमा विद्यालयले शुल्क उठाएन तर आफ्ना शिक्षकशिक्षिकालाई भने तलब सेवा, सुविधा प्रदान गर्यो । 

अहिले परिस्थिति केही सजह भएको छ । विद्यालयहरु खुल्न थालेका छन् । सियोन स्कुल पनि फेरि पुरानो जोश, उत्साह र रफ्तारलाई अद्यावधिक गर्दै नयाँ गतिमा अघि बढिरहेको छ ।

धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै विद्यालयले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । 

विद्यार्थीलाई औपचारिक शिक्षा र किताबी ज्ञानमात्र होइन, समाजको असल नागरिक निर्माण गर्ने संस्कारयुक्त शिक्षा प्रदान गर्ने विद्यालयले लक्ष्य लिएको छ । 

आधुनिक प्रविधि, कम्प्युटर विज्ञान र सूचना सञ्चारको परिवर्तित युगमा सियोन स्कुलले प्रविधिमैत्री शिक्षा प्रदान गरिरहेकै छ । कक्षा ७ भन्दा माथिका कक्षामा स्नातकोत्तर गरेका दक्ष, प्राविधिक शिक्षकहरुले विद्यालयमा अध्यापन गर्छन् । 

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अहोरात्र खटिरहेका शिक्षक–शिक्षिकाहरूले नानीहरुलाई आत्मीयता र अभिभावकत्व प्रदान गर्छन् ।  विद्यालयको मूल ध्येय सामाजिक चेतना, संस्कार युक्त गुणस्तरीय शिक्षा प्रदान गर्नु नै हो । 

विद्यार्थीहरूले भन्दा आफूहरूले अझ बढी गृहकार्य गर्नुपर्छ भन्ने कुरामा यहाँका शिक्षकहरु विश्वास गर्दछन् । तसर्थ सियोन स्कुलमा सामाजिक चेतना, संस्कारयुक्त र गुणात्मक शिक्षा प्राप्त गरेको विद्यार्थी उत्पादन हुन्छन् । 

विद्यालयलाई व्यवस्थित गर्न नियम, नियमन र सुविधा यी तीनै कुराको अत्यन्तै आवश्यक छ । सियोन स्कुलले विद्यार्थीहरूको शिक्षाको लागि आवश्यक सम्पूर्ण शैक्षिक पूर्वाधार र सुविधाहरू प्रदान गर्दै आएको छ । 

विद्यार्थीको शैक्षिक उपलब्धिको निम्ति विद्यार्थी, शिक्षक र अभिभावक त्रिपक्षीय सहभागिताका साथ विद्यालयले शैक्षिक अभ्यास गरिरहेको छ । सियोन स्कुलमा प्लेग्रुपदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आइरहेको छ ।

विद्यार्थीहरुको सर्वाङ्गीण विकास र सामाजिक र संस्कारयुक्त आनीबानी र उत्कृष्ट नतिजा नै विद्यालय सफल हुनु हो । सियोन स्कुललाई सफल र नमूनाका रुपमा किन लिइन्छ त ? विद्यालयका केही सफलताको मुख्य सूत्र पनि छन् । 

सफलताका सूत्र

शिक्षकशिक्षिकामा विकेन्द्रीकृत जिम्मेवारी प्रदान गरिएको छ । कर्मचारी तथा शिक्षकहरूलाई कुनै न कुनै प्रकारको जिम्मेवारीका साथ विद्यालयमा खटाइन्छ । 

कामको चाप र तनावलाई सामान्यीकरण गरिन्छ । प्रत्येक दिन विद्यालयका कर्मचारीको बैठक सम्पन्न गरेर मात्र विद्यालय सञ्चालन हुन्छ । 

विद्यालयमा प्रत्येक दिन अघिल्लो दिनका कामहरूको मूल्याङ्कन गरी त्यस दिनको योजना तथा तयारी गरी विद्यालय सञ्चालन गरिन्छ । 

शिक्षकहरूको लगनशीलता र अथक मिहिनेतबाट मात्र विद्यालयले सफलता प्राप्त गर्न सकेको छ । अध्ययन–अध्यापन समयअनुसार अद्यावधिक गरिन्छ । नयाँ शैली र अनुभवहरूको साटासाट हुन्छ । अनुभवी शिक्षक, अभिभावक र प्रतिष्ठित, व्यावसायिक व्यक्तिहरुको अनुभवर र प्रतिक्रिया विद्यालयले लिने गरेको छ । 

कक्षा–शिक्षकलाई कक्षाका सम्पूर्ण विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने जिम्मेवारी प्रदान गरिएको छ । 

विद्यार्थीहरूको व्यवस्थापन, शैक्षिक गुणस्तरका साथै अनुशासन तथा सामाजिक दायित्व बोध गराउँदै सामाजिक चेतना र संस्कारयुक्त शिक्षा दिइन्छ । अनुशासनलाई प्रमुख शर्तका रुपमा राखी परामर्शदाताको व्यवस्था गरिएको छ ।

हरेक कक्षा–शिक्षकहरूले आफ्नो कक्षाको अध्ययन– अध्यापनलाई प्रभावकारी बनाउन कक्षामा अध्यापन गराउने हरेक शिक्षकहरूको दैनिक गतिविधिलाई हेर्नको लागि टिचर मेन्युअलको व्यवस्था गरिएको छ । 

कक्षाका सम्पूर्ण विद्यार्थीहरूको शैक्षिक गुणस्तरलाई कसरी प्रभावकारी बनाउने भन्ने जिम्मेवारी रहेको कक्षा–शिक्षकले उक्त मेन्युलको माध्यमद्वारा शिक्षकहरूले कुन विषयको कति अध्ययन–अध्यापन भयो, कुन विषयको कति कापी चेक भयो, कतिको होमवर्क दिने गरेका छन्, विद्यार्थीका अभिभावकहरूमा विषयगत शिक्षकहरूको कस्तो समन्वय रहेको छ भन्ने सम्पूर्ण जानकारी लिने गरिन्छ ।

टिचर मेन्युलद्वारा कक्षामा एक दिनमा भएका सम्पूर्ण गतिविधिको वर्णन गरी सह–प्रधानाध्यापकलाई रिपोर्ट प्रस्तुत गर्नुपर्ने नियम राखिएको छ । 

टिचर मेन्युलमा शिक्षकहरूले विद्यार्थीका सम्पूर्ण गतिविधि, विद्यार्थीहरूको शैक्षिक अवस्था, उनीहरूको आचरणदेखि लिएर विभिन्न कुराहरूको टिपोट गर्छन् । शिक्षकहरूले आफूले गरेका कामको पनि जानकारी गराउँछन् ।

प्यारेण्ट्स मेन्युलमा शिक्षकहरूले अभिभावकलाई विद्यार्थीको सिकाइलगायत सम्पूर्ण कुराहरू अवगत गराउँछन् । 

विद्यार्थीको शैक्षिक र चरित्र विकासका लागि गरेका कामहरूको पनि टिपोट हुने भएकाले  विद्यार्थीको चरित्र निर्माण र शैक्षिक विकासका लागि प्रभावकारी हुने विद्यालयको ठम्याइ छ । 

शिक्षकले विद्यार्थीहरूलाई कसरी मार्गदर्शन गरेको छ भन्ने थाहा पाउन र विद्यार्थीहरूको आचरण र शैक्षिक स्तर तथा क्षमता थाहा पाउन यो प्रभावकारी पद्धति हो । 


विद्यालयले किताबी ज्ञानबाहेक व्यवहारिक ज्ञानलाई जोड दिने उद्देश्यले विभिन्न मिसनहरु सुरु गरेको छ । 

हप्ता दिनभित्र विद्यार्थीहरुले प्राप्त गर्ने सिकाइ उपलब्धी र सिर्जनात्मक उपलब्धीहरु निर्धारण गरिन्छ । निश्चित समयभित्र विद्यार्थीले निश्चित ज्ञानको विकास गर्न सक्छन् । 


विद्यार्थीको व्यवहारिक, सामाजिक तथा पारिवारिक पक्षका साथै आचरण परिवर्तन गर्न यसरी प्रत्येक हप्ता छुट्टा–छुट्टै विषयलाई विद्यार्थीमाझ मिसनको रूपमा लगिन्छ । यसको जानकारी अभिभावकलाई गराइन्छ । 

भौतिक संरचना 

विद्यालयको आफ्नै ४ तले भूकम्पप्रतिरोधी भवन छ । विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म १२ सय बढी विद्यार्थी अध्ययन गर्छन् ।  

९० जनाभन्दा बढी शिक्षक तथा कर्मचारी छन् । प्रभावकारी शिक्षाका लागि प्रत्येक कक्षामा कम्तीमा २ वटा सेक्सन सञ्चालन हुन्छ । विद्यार्थीको चाप व्यवस्थापन गर्न सेक्सन छुट्याइएको छ । 

विद्यालयको आफ्नै ५ वटा बस सञ्चालनमा छन् । विद्यार्थीको स्वास्थ्य अवस्था ध्यानमा राखी स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ । खेल्नका लागि विद्यार्थीहरूलाई ट्रससहितको ग्राउण्ड र बास्केटबल कोर्ट छ । विद्यार्थीहरूका लागि विद्यालयमा क्यान्टिनको सुविधा छ ।

विद्यालयमा सय जना क्षमता रहेको गल्र्स होस्टेलका साथै १ सय ५० जना क्षमता रहेको ब्वाइज होस्टेल छ । विद्यालयमा साइन्स ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, अडियो भिजुअल कक्षा, सेमिनार हल, नृत्य कक्षाको व्यवस्था छ ।


मुख्य–मुख्य विषयको एच.ओ.डी. बनाउँदा वहाँहरूले आफ्नो मातहतमा रहेका शिक्षकहरूले के कस्तो अध्ययन–अध्यापन गराइरहनुभएको छ, विद्यार्थीहरूको कापी चेक भएको छ कि छैन, वहाँहरूले पढाउनुभएको कुरा विद्यार्थीले बुझेका छन् कि छैनन् भन्ने कुराको अध्ययन सिनियर टिचरहरूले गर्छन् । यसले गर्दा विद्यार्थीहरूले प्रभावकारी शिक्षा पाउँछन् ।


विद्यालयमा हुने सम्पूर्ण गतिविधिको प्रत्यक्ष निगरानी राख्नका लागि विद्यालयका विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । जसले गर्दा विद्यार्थीहरूलाई पूर्ण निगरानीमा राखी उनीहरूको सुरक्षाका साथै उनीहरूले देखाउने गलत प्रकारका गतिविधिहरूको पनि अवलोकन गरी त्यसतर्फ विद्यालय सचेत रहँदै आएको छ ।

यति मात्र नभएर विद्यालयका प्रत्येक कक्षाकोठाहरूमा सिसी टिभी जडान गरिएकोले कक्षाकोठामा रहँदा उनीहरूको पढाइप्रतिको लगनशीलता र शिक्षकहरूको सक्रियतालाई पनि निरीक्षण हुने हुनाले शिक्षकहरू पनि आफ्नो जिम्मेवारीमा पूर्ण लगाव हुने स्कुल व्यवस्थापकको विश्वास रहेको छ ।

सियोन स्कुल धरानको नमूना विद्यालय हो । सबै प्रकारले हेर्दा विद्यालयले गुणस्तरीय, समय सुहाउँदो र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरिरहेको छ भन्दा अतियुक्ति हुँदैन । यसै सन्दर्भमा हामीले तयार पारिएकाे याे भिडियाे हेर्नुहाेस् ।