धरान । धरान १० नम्बर वडाले दादुरा रुबेला खोपसम्बन्धी बिहीबार अन्तरक्रिया गरेको छ ।

वडाका बालबालिकालाई शतप्रतिशत खोप लगाउने उद्देश्यका साथ अन्तरक्रिया गरिएको हो । खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले वडाका विद्यालयका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षलगायत प्रतिनिधिको उपस्थितिमा छलफल गरिएको हो ।

छलफलमा खोप लगाउने केन्द्रको विभाजन गरिएको छ । धरानमा पुस १ गतेदेखि ८ गतेसम्म दादुरा रुबेलाको खोप लगाउने भएको धरान नगर स्वास्थ्य महाशाखाका सिनियर अहेव प्रितीबहादुर राईले जानकारी दिए ।

दादुरा रुबेलाको खोप ६ महिनादेखि माथि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन आह्वान गरिएको छ । वडाका पाँच स्थानमा खोप लगाउने केन्द्र तोकिएको वडाध्यक्ष विवेक राईले जानकारी दिए ।