बराहक्षेत्र नगरपालिका वडा नम्बर– १ चतरामा निशुल्क आंखा शिविर सम्पन्न भएको छ । शनिबार धरानको आई केयर सेन्टरको आयोजना र औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मंचको सह आयोजना स्थानीय औलिया बाबा मठ परिषरमा गरिएको आँखा परिक्षण शिविरमा बराहक्षेत्र नगरपालिकावडा नम्बर  १ र २ का महिला,पुरुष, जेष्ठ नागरिक र वालवालिका गरि २ सय ३८ जनाले परिक्षण गराएका छन्।

बिहान १० देखि सुरुगरिएको शिविर दिउँसो ४ बजे सम्म संचालन रहेको  वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर मनोज कुमार सुनाम ले परिक्षण गरेको औलिया बाबा संरक्षण मंचका अध्यक्ष प्रकाश राउतले जानकारी दिएका छन्। 

IMG_20231202_210622 1


चतराको पुरातात्त्विक, सांस्कृतिक  र धार्मिक  महत्त्वको मठ मन्दिर र पर्यटकीय स्थलको संरक्षण संवर्धन गर्न गठित गरिएको युवाहरुको संरक्षण मंचले गाउँमा निम्न आय भएका स्थानीय  र जेष्ठ नागरिकहरु मा देखिने मोतिविन्दु रोगको समयमा पहिचान र उपचार गर्न गराउन प्रोत्साहन गर्न आँखा शिविरको आयोजना गरिएको राउतले बताए  ।

शिविर संचालनमा सहयोग गर्ने आई केयर सेन्टर र परिक्षण गराउने सबै लाई उनले धन्यवाद दिएका छन्। शिविरमा संरक्षण मंचका अध्यक्ष राउत, सचिब केदार शाहा र सह –सचिब त्रीलोचन कट्टेल लगायत युवाहरुको बिशेष सक्रियता र स्थानीय संघ संस्था को सहभागिता रहेको थियो ।