सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पेसी तोकिएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिट निवेदनको सुनुवाइका क्रममा आज न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हो । न्यायाधीशको शर्माको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो । 

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि हिजो सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको थियो । सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको थियो ।

सामाजिक सद्भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले टिकटक माथि लगाएको प्रतिबन्धबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ।

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुर्याएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो । टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।