यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ। परम्परागतरुपमा आजका दिन विहानै उढेर नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको बहानका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ। हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ ।
कुकुरलाई आदेशपालक,कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ।आज घर –घरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ। धार्मीक रुपमा कुकुरलाई यमराजको प्रिय भक्त र भैरवका वादका रुपमा लिने गरिन्छ भने सामाजिकरुपमा समेत कुकुरलाई आज्ञापान गर्ने रक्षकको रुपमा लिने गरिन्छ ।
धेरै जनावर मध्ये कुकुरमा केहि मह्त्वपुर्ण गुणहुने साथै दैविक प्रकोपको पुर्वसंकेत र सुचना दिने र प्राकृति प्रकोपबाट बचाउने सामाजिक मान्यता रहेकाले कुकुरको पुजा गरिन्छ ।