शैक्षिक भ्रमणमा आएका बस दुर्घटना हुदा २१ जना घाईते भएका छन् ।

सुदुर पश्चिमबाट शैक्षिक भ्रमणमा आएका तीन वटा बस भेडेटारबाट धरान आउने क्रममा शुक्रबार बिहान १०ः १५ बजे धरान –१३ अमरहाटमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । 

सुदुर पश्चिम ०२००१ ख ११०८ नम्बरको बस ब्रेकफेल भई अगाडि आउँदै गरेको ग २ ख १५८३ को बसलाई ठक्कर दिई पल्टिदा आउँदै गरेको ग २ ख १५१३ नम्बरको बसलाई ठक्कर लागी दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाईतेहरुलाई उपचारको लागि विपि  कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा  पठाईएको छ भने उक्त बस र चालकहरु ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।