अमेरिकामा पहिलो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ । च्याम्पियनसिप हिमालयन तेक्वान्दो डोजाङ ह्यारिसवर्गले आयोजना गरेको हो । स्थापनाको पाँच वर्षमा नै हिमालयन तेक्वान्दो स्कुल बृहत् च्याम्पियनसिप आयोजना गर्न सफल भएको छ । 

एभरेष्ट वल्ड क्लास बाल्टिमोर अमेरिकामा सम्पन्न पहिलो हिमालयन खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा खुल्लातर्फ च्याम्पियन भएको छ । 

पेन्सल्भेनियाको राजधानी ह्यारिसवर्गमा आयोजित च्याम्पियनसिपमा अमेरिकाका सात राज्यका १९ स्कुल सहभागी स्पर्धामा कुल ३९ स्वर्णसहित एभरेष्ट पहिलो भएको हो । 

च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो केन्टकी ३५ स्वर्णसहित दोस्रो भयो भने युनाइटेड एभरेष्ट ह्यारिसवर्ग ३० स्वर्णसहित तेस्रो भएको थियो । 

च्याम्पियनसिपमा चार सय २८ खेलाडीले चुनौती पस्किएका थिए । च्याम्पियनसिपमा पुम्से, स्पाइरिङ र ब्रेकिङ गरी तीन विधामा प्रतिस्पर्धा गराइएको थियो । खेलाडीको उमेर, तौल र बेल्टको आधारमा डिभिजन विभाजन गरिएको थियो । नेपाली र नेपालीभाषीबाहेक अन्य समुदायका खेलाडी पनि च्याम्पियनसिपमा सहभागी रहेको हिमालयन तेक्वान्दो डोजाङका संस्थापक नकुल शर्माले जानकारी दिए । 

HIMALAYAN OPEN-360

वल्ड क्यालसतर्फ एसओएस तेक्वान्दो पेन्सिल्भेनिया च्याम्पियन बन्यो । च्याम्पियनसिपमा महिलातर्फ सन्दीपा अमागाई र पुरुषतर्फ लक्ष्मण क्षेत्री उत्कृष्ट रेफ्री घोषित भए । 

च्याम्पियनसिपको उद्घाटनमा हिमालयन तेक्वान्दोका खेलाडीले आकर्षक प्रदर्शनी गरेका थिए । नेपाली लोकनृत्यसमेत प्रस्तुत गरिएको थियो । 

उद्घान समारोहमा प्रमुख अतिथि भर्जिनियाका ग्रान्डमास्टर एचके ली, पेन्सिल्भेनिया राज्यसभाका सांसदद्वय डेभ म्याडिसन र जस्टिन फ्लेमिङ, प्याक्सटन स्कुलका प्रिन्सिपल बेनबो, इन्फिनिटी च्याटर स्कुलका निर्देशक टमीले च्याम्पियनसिको सफलताको शुभकामना दिएका थिए । 

यस्तै भुटानी कम्युनिटी ह्यारिसवर्गका निर्देशक तेज मिश्र, एसियाली अमेरिकी मामिला गर्भनरका सल्लाहकार आयोगका उपाध्यक्ष अमीना अरशद, समाज सेवी तथा रियल्टर विश्व क्षेत्री, समाजसेवी डा. खेम अधिकारीलगायतको उपस्थिति थियो ।

HIMALAYAN OPEN-445

च्याम्पियनसिप हिमालयन तेक्वान्दो डोजाङ ह्यारिसवर्गले आयोजना गरेको हो । स्थापनाको पाँच वर्षमा नै हिमालयन तेक्वान्दो स्कुल बृहत् च्याम्पियनसिप आयोजना गर्न सफल भएको छ । 

तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक नकुल शर्मा र उनकी श्रीमती पुनम दुलालले सन् २०१८ मा हिमालयन तेक्वान्दो स्कुल ह्यारिसवर्ग स्थापना गरेका हुन् । शर्मा नेपाली भाषी भुटानी हुन् ।