नेकपा एमालेको असोज १२ र १३ गते विराटनगरमा हुने कोशी प्रदेश अधिवेशनका लागि वराहक्षेत्र नगरपालिकाले मतदानमार्फत् प्रतिनिधि छनोट गरेको छ । 

निर्वाचन समितिको कार्यालयले निर्वाचन परिणाम घोषणा र मुचुल्का सार्वजनिक गरेको छ । युवा, महिला, खुल्लातर्फको कोटामा १२ जना निर्वाचित भएका छन् । 

युवातर्फबाट प्रदीप कार्कीले ६ सय ५० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै महिलातर्फबाट सीता भण्डारी (पौडेल) ले ८ सय मत प्राप्त गरिन् । प्रतिनिधिका लागि सरिता खत्री, दिव्यकुमारी कार्की (खड्का)  नन्दकुमारी राई (सुनुवार) चयन भएका छन् । 

यस्तै खुल्लातर्फबाट निलम खनालले ७ सय २२ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँगै आशाराम चौधरी, रमेश विष्ट, राजेन्द्र कार्की, केदार विष्ट, योग्यराज खड्का, हरि पौडेल खत्री निर्वाचित भएका छन् । 

प्रदेश प्रतिनिधिका लागि युवातर्फ २ जना महिलातर्फ ५ जना र खुलामा १३ जनाको उम्मेदवारी परेको थियो । पार्टीमा गुटबन्दी गरिएको, प्रदेश प्रतिनिधि छनोटका लागि समेत  नेतृत्वले सर्वसम्मत गर्न नसकेको पार्टी कार्यकर्ताको आलोचनाका बीच निर्वाचनमार्फत् एमाले वराहक्षेत्रले प्रतिनिधि छनोट गरेको हो ।