वामपन्थी कवि हिरा रिजालद्वारा रचित कविताहरुको सँगालो 'म बाँस हुँ' नामको कविता संग्रह विमोचन गरिएको छ ।

पब्लिक हाइस्कुल धरानको सभाहलमा वाम साहित्यकार बम देवानले कृतिको विमोचन गरे ।

कवि रिजालका सरल नेपाली भाषामा लेखिएका १ सय ३ कविताहरु समेटिएको संग्रहभित्र जीवन, जगतको चर्चा साथै नैतिकता स्खलन भएको समकालीन समाजप्रति तीखो प्रहारका कविताहरुको वाहुल्य छ ।

कार्यक्रममा कविहरु भीष्म काफ्ले, अम्विका शाक्य, लक्ष्मी पराजुली, हिक्मत खड्कालगायतले विमोचित कृतिको सफलताको शुभकामना दिएका थिए ।

Hira Rijal Kriti Bimochan

जीवनको ७५ वर्षमा प्रवेश गरेका कवि रिजालको यो प्रथम कृतिको रुपमा आउनुले रचनात्मकतालाई उमेरले छेक्दैन भन्ने प्रमाण पेश गरेको प्रमुख अतिथि  वरिष्ठ कवि देवानले बताए ।

कार्यक्रममा कवि रिजालले आधा दर्जन कविता वाचन गरेका थिए ।

कोशी साहित्य चौतारीले आयोजना गरेको विमोचन समारोहमा धरानका  एक सय वर्ष उमेरका वयोवृद्ध मजदुर नेता नरबहादुर लिम्बूको समेत उपस्थिति थियो ।
उपप्राध्यापक राजेश विद्रोहीले कविता संग्रहमाथि टिप्पणी गरेका थिए । विमोचन समारोह धरान जेष्ठ नागरिक सञ्जालका अध्यक्ष हरिबहादुर बिष्टको सभापतित्वमा भएको थियो ।