चीनका उच्च कूटनीतिज्ञ वाङ यीले सुरक्षा वार्ताका लागि सोमबारदेखि रूसको चारदिने भ्रमण सुरु गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । चीन र रूस रणनीतिक सहयोगी हुन् र दुवै देशले बारम्बार आफ्नो सीमाहीन साझेदारी र आर्थिक तथा सैन्य सहयोगको चर्चा गर्दै आएका छन् । गत वर्षको फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि चीनले त्यसको आलोचना गर्न अस्वीकार गरेको थियो ।

विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रूसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभको निमन्त्रणामा वाङले रणनीतिक सुरक्षा परामर्श गर्ने जनाएको छ । यसअघिको ब्रिफिङमा रूसी विदेश मन्त्रालयले वाङले आफ्ना समकक्षी सर्गेइ लाभरोभसँग भेटवार्ता गर्ने र दुवैले ‘अन्तर्राष्ट्रिय परिदृश्यमा सहकार्यलाई मजबुत बनाउने प्रयासमा ध्यान केन्द्रित गर्ने’ योजना बनाएको बताएको थियो । 

युक्रेनमा समाधानसँग सम्बन्धित मुद्दाहरूको साथै एशिया–प्रशान्त क्षेत्रमा स्थिरता र सुरक्षा सुनिश्चित गर्ने तरिकाहरूमा विस्तृत विचार आदानप्रदान हुनेछ,“ विदेशमनत्रालयका एक प्रवक्ताले बताए । चीनले युक्रेन युद्धमा आफूलाई एक तटस्थ पक्षको रूपमा स्थापित गर्न खोजेको छ र मस्कोलाई एक महत्वपूर्ण कूटनीतिक र वित्तीय आधार प्रदान गरेको छ।यसको अन्तर्राष्ट्रिय अलगाव गहिरो हुँदै गएको छ । तर उसले रूसमा प्रत्यक्ष सैन्य संलग्नता वा घातक हातहतियार पठाउन भने रोकेको छ ।

गत महिना चीनका रक्षामन्त्री ली शाङ्फुले रूस र बेलारुसको भ्रमण गरी निकट सैन्य सहकार्यका लागि आह्वान  गरेका थिए । हालैका महिनाहरूमा, दुई देशहरूले संयुक्त समुद्री र हवाई गस्ती गरेका छन्,जसले गर्दा दक्षिण कोरियाले सावधानीको रूपमा लडाकू विमानहरू तैनाथ गरेको छ । जुलाईमा भ्लादिमिर पुटिनका एक सहयोगीले रूसी राष्ट्रपतिले अक्टोबरमा चीन भ्रमण गर्ने योजना बनाइरहेको  थिए । 

गत मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गर्दै दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको घोषणा गर्नुभएको थियो ।  गत साता भ्लादिभोस्तोकमा आयोजित वार्षिक पूर्वी आर्थिक मञ्चको बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका उपप्रधानमन्त्री झाङ गुओकिङलाई रूस र चीनबीचको सम्बन्ध ‘अत्यन्त अभूतपूर्व, ऐतिहासिक स्तरमा पुगेको’ बताएका छन् ।