प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन्। 

आज विराटनगर आईपुगेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री दाहाल सहित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न मोर्चामा सहभागी नेताहरु समेत आएका छन् । 

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लब समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा उक्त सभाको आयोजना गरिएको छ ।  सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले सम्बोधन गर्ने छन् ।