धरान । रोटरी क्लब अफ धरानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ थान ह्वीलचियर सोमबार हस्तान्तरण गरेको छ ।

डेङ्गुका बिरामी बढ्दै गएपछि बिरामीको सेवामा सहज होस् भन्ने उद्देश्यले प्रतिष्ठानलाई ह्वीलचियर वितरण गरेको कलबका प्रचार विभाग प्रमुख रोहितमान सिंह बस्नेतले जानकारी दिए ।

कार्यक्रममा क्लबका अध्यक्ष तथा रोटरीमा आबद्ध प्रतिनिधिहरूको सहभागितामा ह्वीलचियर हस्तान्तरण गरिएको उनले जानकारी दिए । प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादलाई ह्वीलचियर हस्तान्तरण गरिएको छ ।