आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले  १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन् । जुन चालु आर्थिक वर्षको भन्दा ४२ अर्बले कम हो । 

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा बजेट विनियोजित बजेटको घोषणामा  कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड (कुल बजेटको ६५.२० प्रतिशत), पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड (१७.२५ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड (१७.५५ प्रतिशत) रहेको बताएका छन् ।

उनले कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ करोड विनियोजन रहेको बताएका छन्,   चालु आर्थिक वर्षको विनियोजनको तुलनामा आगामी वर्षमा खर्च अनुमान २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी रहेको अर्थमन्त्री डा. महतले बताएका छन्।

उनले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजश्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुने बताए । उनले न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड जुटाइने र राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बताए ।

यस्तो छ आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेटको पूर्ण पाठ