श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ १३ गते शनिबार, २७ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि ०७ः५६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र मघा २३ः५४ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५२ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफन्तको सहयोगले काम बनाउन सकिनेछ। 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम मिल्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। 


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।  सहयोगीहरूसँग असमझदारी बढ्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्।आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पढाइ, लेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट मनग्य धनलाभ हुनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।