धरान । एनसेलले यही शनिबार चर्चित कलाकार तथा साङ्गीतिक समूहहरूको प्रस्तुतिसहित हाटखोला मैदान विराटनगरमा भव्य कन्सर्टको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा द एलिमेन्ट्स, आशिष राना (लाउरे) र अन्य चर्चित गायकगायिका, कलाकार र साङ्गीतिक समूहहरूको प्रस्तुति रहनेछ ।
कन्सर्टमा चर्चित दीपक बज्राचार्य र रिदम ब्याण्ड, शिव परियार, सुनिल पण्डित, अस्मिता अधिकारी, कलाकार केकी अधिकारीलगायतले प्रस्तुति राख्नेछन् । यस साङ्गीतिक कार्यक्रममा सहभागी हुन इच्छुक एनसेलका ग्राहकहरूले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गरी कार्यक्रमको टिकट लिन सक्नेछन् । त्यसैगरी कन्सर्ट हुने स्थानबाट पनि ग्राहकहरूले टिकट लिन सक्नेछन् ।

द एलिमेन्ट्स ब्याण्डले दर्शकहरूलाई आफ्नो गीत सङ्गीतले  भरपूर मनोरञ्जन प्रदान गर्न आफूहरू तयार रहेको बताएको छ । पूर्वमा रमाइलो गर्ने संयोग जुटेकोले दर्शकहरूलाई यो मौका नगुमाउन आशिष राना (लाउरे) ले सुझाव दिएका छन् ।

यसैगरी दीपक बज्राचार्य र रिदम ब्याण्डले कार्यक्रमको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘विराटनगर हाटखोला मैदानमा आफ्नो प्रस्तुतिका साथ पूर्वमा रहनुभएका दर्शकलाई मनोरञ्जन प्रदान गर्न हामी आतुर छाँै ।’ देश विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस कार्यक्रममा समेट्न यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट लाइभ अर्थात् प्रत्यक्ष प्रसारण हेर्न सक्ने जनाइएको छ ।

यस कार्यक्रममा सहभागी सबैको सेवासुविधाकोलागि कार्यक्रमस्थलमा एनसेलको स्टल रहनेछ । यस स्टलमार्फत् कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरूका बारेमा जानकारी लिन सकिनेछ । यस कार्यक्रमले हाल बजार शिथिल देखिएको अवस्थामा व्यापार तथा व्यवसायलाई चलायमान बनाउन सहयोग गर्ने विश्वास एनसेलले लिएको छ ।