धरान ।  एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिबार कन्सर्ट गर्ने भएको छ ।

विदेशमा बस्ने नेपालीका आफन्तलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष राना (लाउरे), शिव परियार, द एनिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीले दर्शक श्रोतालाई मनोरञ्जनात्मक प्रस्तुति दिने एनसेलले जनाएको छ ।

कन्सर्टमा सहभागी हुन इच्छुकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी टिकट निःशुल्क पाउन सक्ने बताइएको छ ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यहरूलाई लक्षित गरेर एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमका साथ सहयात्री सिम स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ । यसैगरी कम्पनीले विदेशमा रहेका आफ्ना परिवारसँग सुलभ दरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरू पनि उपलब्ध गराउँदै आएको छ ।