चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले ताइवान जलडमरूका युवाहरूलाई राष्ट्रिय पुनः उत्थानको चिनियाँ सपना पूरा गर्न संयुक्त रूपमा प्रयास गर्न आग्रह गरेक छन्।

सोमबारदेखि मङ्गलबारसम्म फुजियान प्रान्तको सियामेनमा आयोजित स्ट्रेट युथ फोरममा सहभागी हुन आएका ताइवानका युवाहरूलाई लेखेको पत्रमा सीले सो आग्रह गरेका हुन्।

ताइवानका युवाहरूले आफ्नो सपना साकार पार्न मुख्यभूमिमा एउटा मञ्च फेला पारेको, मातृभूमिको द्रुत विकास र परिवर्तनहरू देखेको र दुवै छेउका देशबासीहरूबीचको न्यानो भावनाहरू महसुस गरेको कुरा थाहा पाएर आफू खुसी भएको सीले पत्रमा उल्लेख गरेका छन्। 

"हामी सधैं जस्तै ताइवान स्ट्रेटका युवाहरूलाई एकअर्काबाट सिक्नको लागि अनुकूल परिस्थितिहरू सृजना गर्नेछौं र ताइवानका युवाहरूलाई थप सुविधा प्रदान गर्नेछौं।“ उनले प्रतिबद्धता छ। 

राष्ट्रपति सीले ताइवानका युवाहरूले मुख्यभूमिको बारेमा आफ्ना अनुभवहरू र भावनाहरू ताइवानमा भएकाहरूसँग बाढ्न सक्ने आशा समेत व्यक्त गरेका छन्, जसले गर्दा थप ताइवानी युवाहरूले मुख्य भूमिलाई चिन्ने र राष्ट्रिय पुनरुत्थानको लागि निरन्तर प्रयास गर्न मुख्य भूमिका युवाहरूसँग हात मिलाउन सक्ने बताइएको छ।

सन् २००३  मा स्थापित, स्ट्रेट्स युवा फोरम ताइवान स्ट्रेट भरी युवा आदान प्रदान को लागि एक महत्त्वपूर्ण मञ्च हो। यस वर्षको फोरममा भाग लिन आमन्त्रित भएका ताइवानका पचास युवाहरूले राष्ट्रपति सीलाई पत्र लेखेका छन्।