बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् । 

पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले बोलान, क्वेटा, झोब, डक्की, खुजदार, कोहलु, केच, मस्तुङ, हर्नाई, किला सैफुल्लाह र सिबीमा सर्वसाधारणको मृत्यु भएको जनाएको छ । भारी वर्षाका कारण प्रान्तका विभिन्न भाागमा भएका दुर्घटनामा ४८ जना घाइते भएका तथा छ सय ७० भन्दा बढी घर भत्किएका प्राधिकरणले बताएको छ । 

सोमबार पनि कराँचीको कोरङ्गी, सदर, निपा चौरङ्गी, पिपल्स चौरङ्गी, सुपरहाइवे र शहरका अन्य भागहरूमा भारी वर्षा भएको थियो भने केही भाग डुबानमा परेका छन् । डुबान क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । वर्षाकै कारण विद्युत् आपूर्तिका खम्बाबाट करेण्ट प्रवाह हुँदा तीन जनाले ज्यान गुमाएका छन् ।