देशी विदेशी विरोधीहरू मिलेर खेदोपाइलो गर्दा  पनि एमाले स्थानीय चुनावमा सशक्त नै देखियो ।  पार्टी अध्यक्ष ओलीका कारण चुनावमा जनलहर व्यापक देखियो । केपी शर्मा ओली सरकारले गरेका जनहितका कामहरूको निक्कै ठूलो प्रभाव परेको छ । गठबन्धन सरकारका देश र जनता विरोधी कामहरूका कारण पनि ओली सरकारको हाईहाई भएको हो । महाकालीमा मारिएका जयसिंह धामी चुच्चे नक्सा बुच्चे बनाएका र प्रदेश सरकारमा ७ मन्त्रालय बनाउनु पर्नेमा  १४ भन्दा बढी मन्त्रालय र मन्त्री बनाएर ब्रह्मलुट गरिएको छ ।

त्यसैले यस चुनावमा ओली लहरले देश एमालेमय भएको देखिन्छ तर, यस लहरलाई नेता र अगुवा कार्यकर्ताले यस लहरलाई राम्ररी जनस्तरमा फैलाउन नसकेको स्थानीय सरकारको नेतृत्व गरेका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरूले राम्रा काम गरेको भए ओली लहर अझ प्रभावकारी हुन्थ्यो तर, धरान, वराहक्षेत्र, इनरुवा र इटहरीलगायत धेरै ठाउँमा त्यस्तो हुन सकेन । जबजले जनताको मन जितेर नेतृत्व लिनुपर्छ भनेको छ तर, नेता र जनप्रतिनिधि जनता अनि कार्यकर्ताको मन घोच्ने खालको छ । अझ आर्थिक भौतिक लोभमा परेको छ र त्यसमा फसेकै छ । क्याम्पसको जग्गामा किचलो उठाइएको छ । घमण्ड र अहम्ले सीमा नाघेको छ । जनता र कार्यकर्तासित मिलनसार व्यवहार र बोलीवचन छैन । मनकारी नेता र उम्मेद्वार भए चुनावमा कार्यकर्ता र जनता उत्साहित भएर लाग्थे ।

मौका पाएर पनि राम्रो काम गर्न खोज्दा बाधा दिने र समयको पूरै सदुपयोग गर्न नसकेको पालिका इटहरी पनि हो । जसरी ओलीले पाएको मौका पूरै सदुयोग गर्दा देश एमालेमय भयो । यसको मतलव गर्दा हुन्छ र गर्ने सोच हुनुपर्यो । तर, उपयुक्त स्थानमा उपयुक्त मानिस नहुँदा सुरुदेखि नै राम्रो काम हँुदैन र भएन । इटहरीमा भने २०७४ सालको पहिलो स्थानीय निर्वाचनबाट एमालेबाट जितेकी उपप्रमुखका कारण इटहरीमा पहिलो  गाँसमै ढुङ्गो हुन गएको हो ।  उपप्रमुखले बारबार अनेक बाधा व्यवधान गरे पनि नगर प्रमुख द्वारिकलाल चौधरीले इमान्दार रूपमा विकास निर्माणका  धेरै महŒवपूर्ण काम पनि गरे । यो कुरा इटहरीले नै बताउँछ र उपप्रमुखका अराजक बोलीवचन र व्यवहारबारे इटहरी नागरिक समाज जानकार छ ।   

इटहरी उपमहानगरपालिकाको पहिलो निर्वाचनमा पार्टीबाट टिकट पाउने बित्तिकै उपप्रमुखकी उम्मेदवारले नगर प्रमुखका लागि टिकट पाएका आफ्नै पार्टीका जिल्ला पार्टी अध्यक्ष प्रमुख द्वारिकलाल चौधरीविरुद्ध तथानाम गर्न थालिन् । उपप्रमुखले चौधरीका तुलनामा आफूलाई उच्च तहको, घरानियाँ, बौद्धिक तथा स्थानीय विकास निर्माणमा राम्रो काम गर्ने नेता बताउन थालिन् र चौधरीलाई सकेसम्म खुइल्याउन थालेको त्यतिबेलै थाहा भएको थियो । पदबहाली गरेपछि उपप्रमुखको रवैया अझ बढेर जान थाल्यो । चौधरीले निर्माण गरेको बजेटमा लिखित सहमति लेख्ने नगरसभामा पनि  विपक्षी पार्टीका वडाध्यक्ष तथा सदस्यहरूका सामु प्रमुख विरुद्ध विचार व्यक्त गर्ने जस्ता अराजक गतिविधि गरेको नगरपालिकाबाट सेवानिवृत्त वरिष्ठ स्वास्थ्यकर्मी रामचरण चौधरीले पनि बताउनुभएको थियो । इटहरीको नगर प्रमुख चौधरीले राखेको रिङरोड बनाउने प्रस्तावसमेत असफल बनाउन नेकाका वडाध्यक्षसित सहयोग माग्न लक्ष्मी गौतम पुगेको थाहा भएको छ । गौतमले विकास निर्माणलगायत उनका मातहतका कामहरू गुपचुपमा गर्ने गरेको थाहा भयो । उपसमितिहरू गठन गरी पारदर्शीरूपमा  काम गर्न नचाहने गौतमको खराब बानी रहेछ । इटहरीका वरिष्ठ सर्जकहरूले यस क्षेत्रलाई अति हेलाहोचो गरेपछि संविधानअनुसार पालिकाले सिर्जना परिषद् वा प्रज्ञा प्रतिष्ठान गठन गर्न गरिएको आग्रह र अनुरोधलाई गौतमका कारण तीन वर्षभन्दा बढी पूरै बेवास्ता गरियो । अति भएपछि म आफै अघि सरेर पालिकाको मूल गेटअगाडि कालो ब्यानर टाँगेर विरोध गर्न बाध्य भइयो र यस कामले पालिका स्रष्टा परिषद् गठन गर्न बाध्य भयो । यस विषयमा युवा, बाल, विद्यार्थी र खेलाडीले आफ्ना क्षेत्रमा उपसमिति गठन गरेर कामै नगरेको गुनासो गरे ।

एक इमान्दार इन्जिनियर अर्जुन दाहालले उपप्रमुख लक्ष्मी गौतमका कारण आफू स्वाभिमानका साथ पदीय हैसियतका साथ नगरपालिकामा कार्यरत रहन नसक्ने कारणसहित राजीनामा दिन बाध्य भए । एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीको पूरै आडभरोसा पाएर लक्ष्मी गौतम यसरी अराजक हुन पुगेको त स्वयम् दाहाल बताउँछन् । माधव नेपालकै जस्तो अत्यन्त साँघुरो गुटगत स्वार्थी गतिविधिमा बानी परेको जिल्ला नेतृत्वले ओलीलय पक्रिनै सकेन ।  पानी र बानी माथिबाट आउँछ भने झैँ सुनसरी पार्टी नेतृत्व अभिभावकीय भूमिकामा अत्यन्त कमजोर हुँदा यस जिल्लाको स्थानीय निर्वाचन पूरै खस्किएको हो । यही चाल रहने हो भने यस जिल्लामा एमाले पार्टी नराम्ररी पछि पर्ने देखिन्छ । विशेषगरेर इटहरीको निर्वाचन परिचालनलगायत सबै काममा निकृष्ट गुटगत साँघुरो घेरा बनाइयो । निर्वाचनमा ककसले आफूलाई मत नदिएका ठानिएकाहरूलाई निर्वाचन  परिचालन जस्ता काममा पूरै उपेक्षा गरियो । खोटी नेताले यस खालका कामहरू जिल्लाभरि गरेका छन् ।

इटहरी उपमहानगरपालिका उपमेयरका कारण भद्रगोलमा परिणत भएको छ । उपप्रमुखको जनसेवाका काममा ढिलासुस्ती, अन्तर्मनबाट अरुचि तथा अराजक व्यवहारका कारण एमालेको बदनामी भएको छ । वडा नं. ६ को खेतीखोलामा बन्दै गरेको बाटोसमेत उपप्रमुखका कारण बन्न नसक्ने अवस्था रहेको सम्बन्धित वडाका बाटो निर्माणका अगुवा बताउँछन् । उपप्रमुखले कुनै पनि काममा एक न एक झिनामसिना विवाद उल्झाएर कामलाई कृत्रिमरूपमा अड्काउने गरेको स्थानीय टोलका जनता बताउँछन् । यस्ता विषयमा पार्टी स्वयम्ले अध्ययन गर्दा थाहा हुन्छ ।  नगरप्रमुख भएर आएपछि द्वारिकलाल चौधरीले बरु सबै खालको अनियमितता रोक्नका लागि केही कडा कदम चालेका थिए । सेवाग्राहीका काम गर्दा केही न केही हात पार्ने बानी परेका केही कर्मचारीले कारबाहीसमेत भोगेका थिए ।  बरु उपमेयरले नै  प्रत्यक्ष वा परोक्ष रूपमा र नीतिगत रूपमा केही विवादास्पद काम गरिन् ।  सबै सेवाग्राहीहरूलाई एक समान व्यवहार वरिष्ठ इन्जिनियर दाहाललाई देखी नसहने उपप्रमुख एक बिचौलिया कर्मचारीका भरमा नितान्त निजी स्वार्थसिद्ध गर्न लगेको सेवाग्राही जनता बताउँछन् ।

भवन निर्माणसम्बन्धी आचार–संहिता बनेको एक महिनाभित्र उपप्रमुखको संयोजकत्वमा समिति बनाउनु पर्नेमा उपप्रमुखकै बेवास्ताका कारण  बनाइएन । यसले गर्दा ठूला–ठूला विकास र निर्माणका काममा अल्झो र उल्झन उत्पन्न भएर  सेवाग्राही हैरान  भए । आफै संयोजक हुनु पर्ने समिति समयमै गठन नगरी काममा अनावश्यक ढिलाइ गर्ने अनि सेवाग्राहीलाई चरम् समस्या र अल्झनमा पार्ने गरेको गुनासो व्याप्त बनेको देखियो । यही सिलसिलामा इटहरी उपमहानगर पालिका १७ नं. भाटभटेनीको नवनिर्मित संरचनासम्बन्धी काम पनि लामो समयदेखि असरल्ल परेर अल्झिएको पहिले आएभन्दा ठूलै गुनासो कार्यपालिका वरिष्ठ इन्जिनियर अर्जुन दाहालसमक्ष टेबुलमा आयो । दाहालले भाटभटेनीजस्ता हजारौंँ जनालाई रोजगार दिने संस्था इटहरीमा आउनु र तिनले नगरपालिकाबाट उल्टो दुःख र सास्ती पाउनु अत्यन्त अनुचित ठहर गरेर नगर प्रमुख, कार्यकारी अधिकृतसित समेत सरसल्लाह गरी विधिसम्मत रूपमा निर्माणको काम सुचारु गर्ने बाटो खोलिएको अर्जुन दाहाल बताउँछन् । यही विषयमा कानूनविद् रेवती भण्डारीसित सरसल्लाह गरेर बाधा फुकाउ अड्काउ अन्तर्गत रहेर भाटभटेनी निर्माणसम्बन्धी कामको बाधा दूर गरियो । यही विषयलाई उपप्रमुखले उल्झाउन खोजेपछि  भण्डारीले आफ्नो पूर्वसल्लाह, अडान र सुझाव छाडिदिएपछि समस्या बल्झिएको बताइन्छ ।  भण्डारीको दोहोरो चरित्र कति जटिल बन्छ भन्ने यो एउटा उदाहरण हो । 

जनसेवाका काममा आवश्यक अग्रसरता उत्पे्ररणा उपप्रमुखमा नरहेको व्यापक गुनासो रहेको छ । इटहरी चोकमा सार्वजनिक शौचालयका लागि स्थान छनौट गर्न पनि उपप्रमुखकै कारण एक वर्ष ढिलाइ भएको खोजी गर्दा यस लेखकलाई अवगत भएको हो । यस काममा अहिले वडा नं. ६ का अध्यक्ष दीपक गौतम जिम्मेवारी बोधका साथ शौचालयसम्बन्धी काममा सक्रिय रहेका छन् । निर्वाचित जनप्रतिनिधि आउनुभन्दा अगावै प्रमुख तथा उपप्रमुख कार्यकक्ष निर्माण सम्पन्न भइसकेको थियो । नगर प्रमुखसहित सबैले विधि र प्रक्रियामा सामान्य केही कमजोरी भए पनि बनिसक्यो, जन्मिसक्यो अब यसलाई रोकेर सेवाग्राहीलाई अनावश्यक दुःख दिनु हुँदैन भनेर आवश्यक रकम निकासा गरिदिने मानसिकता बनाए तर, उपमेयरले अनावश्यक बखेडा गरेर करिब तीन वर्षदेखि भुक्तानी रोकिदिएर हैरान बनाएको निर्माण व्यवसायी रामचन्द्र मटियैत बताउँछन् । उपमेयरले वडा नं. ३ मा १३ बिघा जमिन सिञ्चाइ हुने पानी स्रोत समाप्तै पार्ने गरी सिमसारमा जग्गा कारोबारीका नितान्त हितमा पुल बनाउन सिफारिस दिएको विषय तत्काल उजागर भएको थियो । इटहरी वडा नं. ९ स्थित डिभिएम स्कुलले ओगटेको चार बिघा सरकारी जमिन पालिकाको अधीनमा नगर प्रमुख चौधरीले ल्याउन खोज्दा उपमेयर उदासीन, अन्यमनष्क र बेचैन बनिन् । यस्ता काममा उनी अनेक बहाना गरेर अनुपस्थित हुने गरेकी छन् ।

इटहरी आसपासका पालिकाले कला र साहित्यका लागि वार्षिक पचास लाख बजेट विनियोजन गरे तर, इटहरीमा यस विषयलाई पूरै उपेक्षा गरिएको छ । त्यति मात्र होइन, शिक्षा विषयमा सिन्को पनि भाँचिएन । बजेट बरु फ्रिज भयो तर, काम अगाडि सारिएन । कहाँ कहाँ कसरी आफूलाई शुभलाभ हुन्छ । त्यहीँ मात्र उपप्रमुखको ध्यान गयो । अधिकृतस्तरका कर्मचारीको काममा नासु सरहका माया राईको हालीमुहाली गराइयो  । यो त अलिकति मात्र चुहेको विषय हो । इटहरी पालिकामा उपप्रमुखमार्फत् भए गरेका काला कर्तुतहरूको चाङ हिमालभन्दा अग्लो रहेको छ । पार्टी र सिद्धान्तलाई सर्वोपरि मान्ने जो सुकैले यस्ता कुरा कुनै पनि डर, धाक र धम्की विना भन्न सक्छन् । सर्वनाश हुनुभन्दा पहिलेभन्दा जोगिन र जोगाउन  सकिन्छ । त्यसैले बेलैमा भनिएको हो । वरिष्ठ इन्जिनियर दाहालले याम सुब्बालाई भनेझैँ फेरि पनि इटहरी उपमहानगरपालिकामा रेवती र गौतमको हालीमुहाली चल्ने हो भने राम राम मात्र भन्न सकिन्छ ।

(लेखकः चेलीको चिरहरण कृतिकी लेखक तथा अनेम सङ्घ केन्द्रीय सदस्य हुन् ।)