युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबासको पूर्वी क्षेत्रमा युद्धको अन्त्यलाई आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।

"दुर्भाग्यवश, हामीले हाम्रो राज्यको पूर्वी भागमा युद्ध समाप्त गरेका छैनौं। यो  समाप्त गर्नु नै मेरो मुख्य लक्ष्य हो। त्यसैले म आगामी वर्षले थप सकारात्मक सन्देश दिनेछ।“ जेलेन्स्कीले राष्ट्रका नाममा नयाँ वर्षको शुभकामना सन्देसमा उक्त कुरा उल्लेख गरेका हुन्।

कीभले नयाँ युक्रेनी सरकारलाई मान्यता दिन अस्वीकार गरेर स्वतन्त्रताको घोषणा गरेपछि सन् २०१४ मा स्वघोषित गणतन्त्र डोनेट्स्क र लुहान्स्क विरुद्ध सैन्य कारबाही थालेको हो।

नर्मन्डी फोर राज्यका नेताहरूले मध्यस्थता गरेको वार्तापछि, एक वर्षपछि मिन्स्कमा युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौता हालसम्म कार्यान्वयन हुन सकेको छैन र छिटपुट झडप जारी नै छ  ।