धरान उपमहानगरपालिका ८ स्थित बरगाछीमा सडक दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी २० की २३ बर्षीय अनिता राई रहेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ६ बजे इटहरी तर्फबाट आउँदै गरेको को ३७ प ११३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाटै आउँदै गरेको को १ ख ३८५५ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार राईको मृत्यु भएको हो । मोटरसाइकल चालक २६ बर्षीय मिलन राईलाई भने सामान्य चोटलागेको बताइएको छ ।
बस चालक इटहरी २० का ५४ वर्षीय राजु थापा र बसलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।