नाइजेरियामा एउटा डुङ्गा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ। नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ । 

क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनाग्रत डुङ्गामा ५० भन्दाबढी यात्रु थिए । 

नाइजेरियामा बारम्बार डुङ्गा दुर्घटना हुने गरेका छन्। दुई साताअघि जीगावा राज्यमा एउटा डुङ्गा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो ।