झापामा यात्रुवाह बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

आज (आइतबार ) मध्यान्न १२ बजेर ३० मिनेटमा कनकाई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको बिरिङ्ग खोलोको पुलमा ना ५ ख ८०४१ नम्बरको यात्रुवाह बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार दुर्घटनामा परि बसमा सवार अन्दाजी २५ वर्षीय पुरुषको  मृत्यु  भएको छ । मृतको सनाखत भने भइनसको कार्यालयले जनाएको छ ।

दुर्घटनामा अन्य २३ जनमा घाइते भएका छन्, घाइतेहरु मध्य ९ जनाको अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ   । घाइतेहरुमा ईलाम माई नगरपालिका ७ बस्ने वर्ष ३४ की बिमला लिम्बु, उनकी आमा वर्ष ४९ की रत्न माया राई, वडा नम्बर ४  की वर्ष ३७ की कमला शेर्पा, उनकी छोरी बर्ष ७ की ईसु शेर्पा, कन्काई नगरपालिका ८ बस्ने वर्ष २८ की दिपा गिरी, सुनसरी बराहक्षेत्र नगरपालिका ९ बस्ने वर्ष ३७ की निशा चौहान, मोरङ पथरीशनिश्चरे नगरपालिपका १ बस्ने वर्ष ६० की मन माया श्रेष्ठ, वर्ष ३५ का डिक बाहादुर श्रेष्ठ, वर्ष ४० की अम्बिका श्रेष्ठ, बुद्धशान्ती गाउँपालिका ४ बस्ने वर्ष ६० का नर बाहादुर दर्जी र उनकी श्रीमती वर्ष ५८ की डम्बर कुमारी दर्जीको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहको छ । 

त्यस्तै, अर्जुनधारा नगरपालिका ११ बस्ने वर्ष ३८ की सुसिला चापागाई, बिर्तामोड नगरपालिका ५ बस्ने वर्ष ४१ की पबित्रा खतिवडा नेपाल, भारत सिलिगुडी बस्ने वर्ष ४७ को बबलु बर्मन, वर्ष ३३ की मालती बर्मन, शिवसताक्षी नगरपालिका १० बस्ने वर्ष २४ की जानुका श्रेष्ठ, माई नगरपालिका ७ की वर्ष १७ की तनुजा लिम्बु, भारतको आसाम बस्ने वर्ष २८ की ईन्दिरा गिरी उनकी बहिनी वर्ष २१ की बिन्दु गिरी, अर्जुनधारानगरपालिका ५ बस्ने वर्ष ४८ को बाल कृष्ण अधिकारी, बसको सह चालक सुनसरी रामधुनी नगरपालिका ६ बस्ने वर्ष २५ को करण चौधरी र बसको सह–चालक सुनसरी बराहक्षेत्र नगरपालिका ३ बस्ने वर्ष २४ को रमेश कार्कीको बिर्तासिटी अस्पताल विर्तामोडमा उपचार भईरहेको कार्यालयले जनाएको छ । 

गुडी रहेको उक्त बसको पत्ति भाचिएपछि पुलको उत्तर तर्फको रेलिङमा ढक्कर खाई दुर्घटना भएको कार्यालयले जनाएको छ ।