झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ का ६० वर्षीय रामबहादुर बुर्जा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार आज बिहान ६ बजेर ३० मिनेटमा मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया याबगानमा चिया टिप्ने क्रममा उनिमाथि हात्तीले आक्रमण गरेको थियो । 

हात्तीको आक्रमणबाट घटना स्थिलमै बुर्जाको मृत्यु भएको कार्यालयले जनाएको छ । 

घटनाको बारेमा जानकारी पाएसंगै इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीको टोली घटना स्थल पुगी शवको मुचुल्का उठाई पोशमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको कार्यालयले जनाएको छ ।