लक्ष्मीमार्ग । पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको सुन्दरहरैचा स्थित  सलकपुरमा गए राति बलराम माझिको  मृत्यु भएको विषयलाई लिएर राजमार्ग अवरुद्ध भएको छ ।

सशस्त्र प्रहरी क्याम अगाडि अन्दाजी ११ः५५ बजे सुन्दरहरैचा ११ का बलराम माझिको  दुर्घटना  हुँदा छेउमै रहेको प्रहरीले थाँहा नपाएको र दुर्घटना गराएर फरार भएको भन्दै यथाशीघ्र पक्राउ गर्न माग गर्दै मृत्युका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

करिब एक घण्टा सडक अवरुद्ध पश्चात् पिडित पक्ष र प्रहरी विच सहमति भएर सडक सुचारु भएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक सरोज खनालले बताए ।