सवारी दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार तिलक योञ्जनलाई प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं १ ले  ६५ हजार उपचार खर्च दिने भएको छ । बिर्तामोडमा रहेको सूर्योदय टेलिभिजनमा आवद्ध पत्रकार योञ्जनको भदौ २ गते कार्यालयबाट घर फर्कने क्रममा अर्जुनधारा–१ खुदुनाबारीमा दुर्घटनामा परेर खुट्टा भाँचिएको थियो ।

खुट्टाको हड्डी पूर्ववर्त अवस्थामा ल्याउन शल्यक्रिया गरेर आठ दिन अस्पताल बस्नुभएका योञ्जन हाल तीन महिनादेखि आराम गरिरहेका छन्। सामाजिक रुपान्तरणसँगै पत्रकारिता पेशामा लागेर जीविकोपार्जनका लागि सङ्घर्ष गरिरहेकै बखत दुर्घटनामा परेर गम्भीर घाइते भएकाले प्रतिस्ष्ठानले उपचारमा सहयोग पुर्याउने उद्देश्यले सो रकम उपलब्ध गराउने निर्णय गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताए ।