चिनियाँ सरकारका प्रवक्ताले शुक्रबार ताइवान स्वतन्त्रताका पक्षपातीलाई कडाचेतावनी दिएका छन् । प्रवक्ताले पृथकतावादी तत्व चीनको मुख्य भूमिको सूचीमा छन् र उनीहरूलाई कानुनबमोजिम सजाय दिइने बताएका छन् ।

स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेँग्लियनले पृथकतावादी विरुद्ध दण्डात्मक उपायको बारेमा मिडिया प्रश्नको जवाफमा उक्त टिप्पणी गरेका हुन् ।

सूचीमा रहेका व्यक्ति, आफ्ना आफन्तसँगै, मुख्य भूमि र हङकङ र मकाउका दुई विशेष प्रशासनिक क्षेत्रमा प्रवेश गर्न पाउने छैनन् तिनीहरू आबद्ध संस्थालाई मुख्य भूमिमा रहेका संस्था र व्यक्तिसँग कुनै पनि सहकार्यसमेत प्रतिबन्ध लगाइनेझुले बताएका छन् ।

उहाँका अनुसार त्यसता पृथकतावादीका प्रायोजक र सम्बन्धित उद्यमलाई अन्य आवश्यक सजायसहित मुख्य भूमिमा नाफा कमाउने गतिविधिमा सङ्लग्न हुनपनि प्रतिबन्ध लगाइनेछ ।

आफ्नो मातृभूमिलाई धोका दिने र देश टुक्राउन खोज्नेको नियत खराब हुन्छर जनताले इन्कार गर्न बाध्य हुन्छन् र इतिहाससमेतले तिनीलाई न्याय गर्नेछन्, झुले सु त्सेङःचाङ, यु सिया लगायत पृथकतावादीलाई उल्लेख गर्दै टिप्पणी गरेका छन् । 

उहाँले चीनको सूचीमा परेका त्यस्ता वयक्तिलाई आजीवन जवाफदेही बनाइने र छानबिन गरिने समेत उल्लेख गरेका छन् ।