पाँचथरमा भएको बस दुर्घटनामा भएका घाइतेहरू मध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ।  

मृत्यु हुनेहरूमा २ महिला तथा २ बच्चा रहेको बताइएको भए पनि सनाखत हुन नसेको कारण प्रहरीले आधिकारिक जानकारी भने गराएको छैन ।  पाँचथरको फिदिमदेखि झापाको दमक ६५ जना यात्रु लिएर हिडेकाे  को १ ख ३८६५ नम्बरको बस फिदिम ४ मध्य पहाडी लोक मार्गको सगरखण्डेमा आज बिहान ११ बजे दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएका १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घाइते हुनेहरू मध्ये धेरैको सनाखत हुन नसको भए पनि अधिकांश  कुम्मायक गाउँपालिकाका रहेको अनुमान गरिएको छ । 

घाइतेहरूको थप उपचारका लागी यति बेला आफन्तको रोहबरमा धरान, विराटनगर र झापा विभिन्न अस्पतालमा रेफर गरिएको छ । घाइते बोक्ने एम्बुलेन्सको अभावका कारण आफन्तहरूले यात्रुवाहक जिपमा हालेर जोखिम पूर्ण तवरले अस्पताल लानुपर्ने बाध्यता रहेको छ । 

केहि गम्भिर घाइतेलाइ धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा ल्याउन नेपाली सेनाकाे हेलिकप्टर प्रयाेग गरीने  प्रदेश  १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले बताएका छन् ।