सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा गराएका जलेन्द्र कुमार चौधरीको परिवारलाई४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ ।

लहान नगरपालिका वडा नं.६ निवासी बिमित जलेन्द्र कुमार चौधरीको परिवारलाई ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रमुख पूर्ण कुमार कर्र्णले मृतकको श्रीमती छाया कुमारी चौधरीलाई चेक हस्तान्तरण प्रदान गरे ।

सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतककी श्रीमति छाया कुमारी चौधरीले भने आफूहरुले बिमा वापतको रकम पाएको बताएकी छिन् । श्रीमति छाया कुमारी चौधरीले भने श्रीमानको मृत्युले दुखित भएता पनि परिवारका लागि सो बिमा रकमले सहयोग पुगेको बताए ।

श्रीमानको मृत्यु भएपछि अब के गर्ने होला ? भन्ने पिर आफूलाई लागेको बताए । तर श्रीमानले बेलैमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बिमा गरेका कारण सो रकमले आफुहरुलाई परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बिमाको रकम बुझ्न गाह्रो हुन्छ भन्ने भ्रम मात्र रहेको र आफुले बिमा वापतको रकम तुरुन्त पाएको छाया कुमारी चौधरीले बताए ।