सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

 ३९ जना यात्रु  सवार छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा  दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।  दुर्घटनामा  १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन् ।

‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो । २३ जनाको लास भयो । धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ उनले भने ।

उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए ।