प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज धरान र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी म्यानेजमेन्ट ललितपुर बिच क्रेडिट ट्रन्स्फर सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

एआईटिएम् कलेज र प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज बिच एड्भान्स डिप्लोमा उर्तिण विद्यार्थीलाई बिएच्एम् चौथो सेमेस्टरमा क्रेडिट ट्रन्स्फरका लागी सम्झौता भएको छ ।   एआईटिएम् कलेजको तर्फबाट  कलेजका सीईओ रोशन राठी  र प्रमुख वसन्त जोशी  तथा प्राइम भिजनको तर्फबाट  सीईआ अभिषेक श्रेष्ठ बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

साथै वैदेशिक अध्ययनका लागि धरानमा परामर्श केन्द्र स्थापना गर्न   स्किल टु अर्न् इन्टरनेशनल एडूकेसन र   प्राइम भिजन इन्टरनेशनल बिच सम्झौता  भएको छ । प्राइम भिजनको तर्फबाट सीईआ अभिषेक श्रेष्ठ र स्किल टु अर्न्को तर्फ बाट वसन्त जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

यो अन्तर्राष्ट्रिय बेंच मार्किंगले  विद्यार्थीहरूलाई अतिरिक्त मूल्य र क्यारियर प्रगति प्रदान गर्ने प्राइम भिजनका संयोजक अनिल श्रेष्ठले जानकारी दिए। यसबाहेक, विद्यार्थीहरू लाई पनि विभिन्न विदेशी विश्वविद्यालयहरू मा स्नातक डिग्री मा प्रवेश को अवसर प्राप्त गर्ने श्रेष्ठले बताए ।

धरानमा विगत ४ वर्ष देखि सञ्चालित यस प्राइम भिजन इन्टरनेस्नल हस्पिटालिटी म्यानेजमेन्ट धरानको एक मात्र एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट विषय अध्यापन आइरहेको छ । हाल धरानमा शिक्षा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा देखिँदै आएको छ । विद्यार्थीहरूको भविष्यलाई सुरक्षित राख्न प्रदेश १ मै पहिले पटक  ट्रिपल प्रमाण पत्र प्रदान गरिने । जसमा विद्यार्थीहरूले  एडिएचएम सँगै  १०+ २ पनि नि:शूल्क गरिएको छ ।