विजयपुर/धरान उपमहानगरले आइतबार(भोली) देखि भौतिक रुपमा कक्षा सञ्चालन गर्ने निर्णय विद्यालय सञ्चालकको स्वार्थमा भएको अभिभावकले बताएका छन् । 

अभिभावक संघ नेपाल, धरानका सचिव विनोद तिमिल्सिनाले उपमहानगरले अपरिपक्क रुपमा नीजि तथा संस्थागत विद्यालयका सञ्चालकहरुको स्वार्थमा निर्णय गरेको बताए ।

उनले उपमहानगरले विद्यालयको सबै भन्दा महत्व राख्ने सराकारवाला पक्ष अभिभावकसँग समन्वय समेत नगरी निर्णय गरेको बताए ।

विद्यालयलाई अभिभावकदेखि शुल्क अशुल्न मात्रै उपमहानगरका जन प्रतिनिधिले निर्णय गरेको उनले बताए । उनले भने, ‘उपमहानगरले अभिभावकका समस्या हेरेन, विद्यालय सञ्चालकको स्वार्थमा निर्णय ग¥यो ।’

शुक्रबार अभिभावक संघले एक विज्ञप्ति जारी गर्दै अभिभावकलाई बालबालिकालाई विद्यालय नपठाउन आग्रहसमेत गरेको छ ।

संघले उपमहानगरको विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय अदुरदर्शी, अपरिपक्क र अनुत्तरदायी भएको प्रतिक्रिया दिएको छ ।

संघका अध्यक्ष विकास भाटी र सचिव विनोद तिमिल्सिनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उपमहानगरले सरोकारवाला पक्षसँग कुनै छलफल नगरी एकपक्षीयरुपमा विद्यालय खोल्ने निर्णय गरेको पनि उल्लेख छ ।

दुई दिनअघिसम्म भौतिकरुपमा कक्षा सञ्चालन गरेमा कारबाही गर्ने निर्देशन दिइरहेको उपमहानगरले शुक्रबार विद्यालय खोल्ने निर्णय गर्नु हास्यास्पद र शंकास्पद भएको पनि संघले विज्ञप्तीमा जनाएको छ ।